Aamsanchar

स्वास्थ्यमा बुद्धशान्तिको अबस्था

Author Image
बुधवार, चैत ५, २०७६

सरकारबाट पाउने पर्ने आधारभूत सुविधाहरु शिक्षा, स्वास्थ्य, गाँस, बाँस, कपास लगायत पर्छन । नागरिकले यस्ता आधारभूत सुविधा प्राप्त गर्न सकेनन भनेर जनताको सर्बपरी हितकोकाम गर्ने महान उदेश्य राखेर राजनिती दलका नेता र आम नागरिकको त्यागपूर्ण संर्घषबाट ल्याईएको गणतन्त्रमा के भने जस्तो नागरिले सुविधा प्राप्त गरिरहेका छन त ? गाउँगाउँमा सिंहदरबार आईपुग्यो त ? स्थानिय पालिकाहरु नागरिकको प्रत्यक्ष जीवनसंग जोडिने स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ भन्ने आमसंचारको जिज्ञाषा र खोजीकार्य अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिकामा पुगेर बुझने जमर्को गरिएको छ ।

पहिलेको भन्दा स्थानिय तहमा धेरै विकासका काम भईरहेका छन बाटो, पुल, कुलेसा बनाईरहेको छ तर के यो किसिमको विकासले मात्र नागरिकले बाच्न पाउने अधिकारलाई सम्वोधन गर्छ त ?

पहिलोकुरा त नागरिक रहन बाच्नु पर्छ, बाच्नको लागि स्वास्थ्य उपचार पहिलो आवसेकता हो । अन्य कुरा त जीवनरहे जगत रहन सक्छ । यस्तै बिषयमा बुद्धशान्ति गाउँपलिका क्षेत्रमा स्वास्थ्य सेवा संग प्रत्यक्ष सरोकार राख्ने गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, महिला समुदायिक अस्पतालका अध्यक्ष विष्णु मैनाली, समुदायिक अस्पतालका प्रवन्धक जीवनकुमार खड्का संग गरिएको संक्षिप्त कुराकानी ।

हाल महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामको प्रयास के कस्था छन ?
बुद्धशान्ति गाउँपालिकाले कोरोना भाइरस संक्रमणबाट बच्न प्रत्येक वडामा इन्फ्रारेड गन (ज्वरो नाप्ने मेशिन ) वितरण गर्ने भएको छ, गाउँपालिकाले संक्रमणबाट बच्न प्रत्येक वडामा सचेतना मुलक माइकिङ गरिसकेको छ, माक्स वितरण गर्ने तयारी गरेको छौं, तर यस विषयमा मलाई लाग्छ सरकार नै वेवकुख भएको छ, जनतालाई कोरोना भाइरसको त्रास सरकारलेनै बढी फैलाउने काम गरिरहेको छ, त्यसमा फेसबुक र अन्य सामाजिक सञ्जालले जनतालाई आतङकित बनाइरहेको बेला सरकारले पनि त्रास सिर्जना गर्नु लगत भएको छ । बुद्धशान्ति अहिलै नै आत्तिइ हाल्नु पर्ने कुनै अवस्था छैन ।
बुद्धशान्तिमा समग्र स्वास्थ्य सेवाको अवस्था चै कस्तो रहेको छ ?
गाउँपालिकाका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले निःशुल्क वितरण गर्दै आएको ३७ प्रकारका औषधिसहित गाउँपालिकाले थप २५ प्रकारका औषधी खरिद गरेर निःशुल्क वितरण गर्दै आएको छ, गाउँपालिका–३ बुधवारेमा सञ्चालीत महिला सामुदायिक स्वास्थ्य सेवा तथा अनुसन्धान केन्द्रले पनि राम्रो सेवा दिईरहेको छ त्यस्तै अरु निजी क्षेत्रबाट संचालिन स्वास्थ्य संस्थाहरुले पनि सेवा दिईरहेका छन । महिला सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि संसदकोषबाट २० लाख र गाउँपालिकाले ८ लाख रुपैयाँ उपलब्ध गराएका छौं ।

महिला सामुदायिक स्वास्थ्य सेवा तथा अनुसन्धान केन्द्र स्थापना गर्नुको मुख्य उदेश्य के थियो उदेश्य अनुसारको काम भएको छ ?
२०६२ सालमा स्थापना गरिएको हो पहिलेको बुधबारे गाउँविकास समिति हुदाँ यस क्षेत्रका विपन्न वर्गका नागरिककालागि स्वास्थ्य सेवा लिन अत्यन्तै असहज थियो, दैनिक मजदुरी, रोजगारी गरेर जिविकोपार्जन गर्ने विपन्न वर्गका नागरिकले सहज र सुरलभ तरिकाले स्वास्थ्य सेवा लिन सकुन भन्ने हो, त्यसको लागि स्वास्थ्य क्षेत्रमा थोरै भएपनि योगदान गर्ने उदेश्यले समाजका ३ सय व्यक्ती मिलेर महिला सामुदायिक स्वास्थ्य सेवा संचालनमा ल्याईएको हो ।

अहिले महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्रले केकस्ता योजना अघी सारेको छ ?
समाजका सबैखाले नागरिकले प्रभावकारी, सुविधा सम्पन्न भवनबाट निर्धक्क स्वास्थ्य सेवा लिनसकनु भनेर हामि निरन्तर विभिन्न योजना बनाई रहेका छौं साथ साथै संस्थाले आजीवन सदस्यता बितरण गरेर समाजसेवीहरुलाई जोडने काम पनि गरिरहेको छ, स्वास्थ्य सेवालाई अझ व्यवस्थित गर्नको लागि केन्द्रका उपाध्यक्ष भरतराज प्रसाई र श्याम प्रसाईको परिवारबाट संस्थाको नाममा ३ कठ्ठा जग्गा प्राप्त भएको छ त्यसमा ंसासंदकोष र गाउँपालिका र स्थानीय दाताहरुको सहयोगमा ४० लाख भन्दावढिको लागतमा भवन निर्माण हुदैछ ।

महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्रबाट के कस्ता सुविधा प्रवाह भईरहेको छ ?

एक्सरे, ल्याव, फार्मेसी तथा इर्मेजेन्सी सेवा चौविसै घण्टा सञ्चालन भइरहेको छ, हाडजोर्नी तथा नसा, महिला तथा प्रसुति रोग, फिजिसियन, बालरोग, मानसिकरोग जस्ता रोगको उपचार हुने गरेको छ ।  संस्थामा आवद्ध सदस्यलाई औषधिमा ८ र ल्यावटेष्टमा १५ प्रतिशत छुट दिने गरेको छ, हाल अर्जुनधारा, मेचीनगर इलामको रोङका केही वडा र सिंगो बुद्धशान्तिका नागरिकले महिला स्वास्थ्य केन्द्रबाट सेवा लिईरहेका छन  अझ समय साक्षेप सामुदायिक स्वास्थ्य सेवा केन्द्रको समिति सक्रिय बन्न सकेको पाएको छुईन, थोरैमात्र समय मिलाएर नियमित सेवा केन्द्रको अनुगमन गर्ने हो भने कार्यरत १२ जना कर्मचारीलाई अझ जिम्मेवार बन्न बाध्यता र खबरदारी हुने र सेवाग्राहीले कुनै गुनासो राख्ने ठाउँ रहने हुदैन थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर