Aamsanchar

काठमाडौं कफ्यू झै देखिदै

Author Image
शुक्रवार, चैत ७, २०७६

काठमाडौं।   काठमाडौं त्यसैपनि बाहिरी जिल्लाका मानिसको धेरै बसोबास भएको ठाउँ हो अझ देश र विदेशबाट दैनिक विभिन्न कम तथा घुम्नको लागि काठामाडौं प्रवेश गर्नेको संख्या दैनिक हजारौं हुने गरेको थियो ।  नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको ५६औं दिनमा नेपाल सरकारले चालेका अपरझटपूर्ण कदमले नेपाललाई ‘अघोषित कफ्यू झै देखिदै को अवस्थामा पुर्‍याएको छ ।

परीक्षा सुरु हुनु १२ घण्टा अघिमात्रै भएको एसईईको स्थगन, विभिन्न ५५ मुलुकबाट हुने हवाइ उडान रोक, २५ जनाभन्दा बढी भेला हुन रोक तथा अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन गरिएको आह्वानले नेपालमा कोरोनाको जोखिम अति उच्च भएको पुष्टि भएको छ ।

सुस्त नै सही तर सरकारले गरेका यी निर्णयहरू स्वागतयोग्य र सह्रानीय छन् । अस्पतालका बेडमा संक्रमितहरू बग्रेल्ती पुग्नभन्दा पहिला गरिएको सरकारको यो प्रयासलाई सकारात्मक मान्दै नागरिकस्तरबाट सरकारलाई सहयोगमा जुट्ने बेला आएको छ ।

सरकारले नेपालमा संक्रमण देखिएको ९ माघपछिका ५५ दिन के गरेर गुजार्यो भन्ने आमचासो चाहिँ अझै अनुत्तरित नै छ ।

सरकार अपरझटपूर्ण यो निर्णयमा पुग्नुका पछाडि संक्रमितको संख्या बढेको र त्यो सूचना लुकाएर राखेकोले परिस्थिति नियन्त्रणबाहिर जान लागेपछि यो अवस्थामा पुगेको भनेर शंका गर्नेहरू पनि छन् । कामना गरौँ, यस्तो शंका सत्य नहोस् ।

असल मनसायले सरकारले चालेका कदम राम्रा हुँदाहुँदै पनि एसईईको परीक्षाको तयारी गरेका विद्यार्थीको मनोविज्ञानमा भने असर पारेको छ । १२ घण्टाअघि मात्रै परीक्षा स्थगित हुँदा विद्यार्थी निराश मात्र छैनन्, अरु कति समय परीक्षाको हाउँगुजीमा बिताउनु पर्ने हो भन्ने अन्यौलले झण्डै ५ लाख विद्यार्थीलाई सताएको छ ।

‘सरकारी निर्णय नै निर्गतिलो त हैन, अब मुर्दा खोतल्न खोजेजस्तो गर्नु हुन्न । विद्यार्थीहरू निराश हुने, अभिभावक अप्ठ्यारोमा पर्ने तथा शिक्षकहरू नै विभाजित हुने अवस्था नबनाऔँ,’ शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘बरु अब विद्यार्थीलाई घरबाटै पनि परीक्षा दिन सक्ने अवस्था सृजना गराऔं, प्रविधिको उपयोग गरौं ।’ अकास्मात हुने निर्णयले बालमनोविज्ञानमा असर पारे पनि त्यसलाई सामान्य बनाउन कोइरालाको सुझाव छ ।

बालमनोविज्ञानमा पारेको असरको आकलन त गर्न सकिएला तर त्यसको लेखाजोखा हुन नसक्ने र यसले कालान्तरसम्म प्रभाव पार्न सक्ने विज्ञहरू बताउँछन् । एकाएक भएका कडा निर्णयले मानिसहरू त्रस्त देखिन्छन् । कोही सरसामानको जोरजाममा निस्कन थालेका छन् भने विदेशबाट नेपाल आउँन ठिक्क परेकाहरू सरकारी निर्णयपछि निराश छन् ।

हाल दुबईमा रहेका नेपाली युवा मिलन अधिकारीले फेसबुकमा लेखेका छन् ‘परदेशीएका नेपालीलाई घर फर्कन नदिने निर्णय फिर्ता गर सरकार । नभए परदेशीएका नेपाली घरको न घाटका हुने भए ।’ उनीजस्ता लाखौं नेपाली युवा यतिबेला खाडी मुलुकहरूमा बढेको कोरोना भाइरसको संक्रमणबाट आत्तिएका छन् । सरकारी निर्णयपछि नेपाल आइहाल्ने अवस्था समेत रोकिएको छ ।

श्रमका लागि सबैभन्दा बढी नेपालीहरू रहेको मेलसिया लगायतका खाडीका छ राष्ट्रमा बिहीबार बिहानसम्म २ हजार २९ जना संक्रमित फेला परेका छन् । यसबाट पनि त्यहाँ काम गर्ने नेपालीहरू आत्तिन थालेका छन् ।

श्रोत : खबरहव

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)