Aamsanchar

दैनिक हजारौंको संख्यामा वंगलादेश,भारतबाट आएका नेपालीहरु कांकडभिट्टा हुँदै नेपाल भित्रिदै

Author Image
शनिवार, चैत ८, २०७६

कांकडभिट्टा । कोरोना परिवारको कोविड १९ ले संसारभरी हाल सम्म ११ हजार ८ सय को ज्यान लिई सकेको छ । हाम्रो देश नेपाल मा संक्रमण नदेखिएपनि विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिम युक्त देशको सुचीमा राखेको छ । भारतसंगको खुल्ला सिमाना यसको मुख्य कारण रहेको विज्ञहरुको ठहर छ ।

केही दिन अघिसम्म कोरोनालाई सामान्य रुपमा लिइरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नाममा गरेको सम्वोधन पस्चात देश एकाएक त्रसित र सचेत देखिएको छ । खुल्ला सिमानामा आवस्यक जनशक्ति र प्रविधी अभावमा हाम्रा सिमाना कतीको सुरक्षित रहेको छ भन्ने जनजनको जिज्ञाषालाई मेटाउन पूर्वको मुख्य नाका कांकरभिट्टामा गरिएको स्थलगत रिर्पोटिङ ।

चेत्र १ देखि ७ गते सम्म यस नाकाबाट सहज रुपमा ७० हजार ८ सय ४३ जना आगमन भएतापनि चैत्र ८ गतेको स्थिती अली फरक देखिएको छ । सरकारले आधिकारिक रुपमा सिमाहरु बन्द नगरेतापनि कांकरभिट्टा नाकाबाट भारतीय नं. का गाडीहरु नेपाल प्रवेशमा रोक लगाईएको छ । आउने प्रत्येक व्यक्तीलाई थर्मलस्क्रिनिङ गरेर साबुन पानीले हात धोएरु मात्र नेपाल प्रवेश गर्न अनुमती दिईएको देखियो ।

पछिल्लो केही दिनदेखि काकारभिट्टा नाकामा निकै कडाई गरिएको देखिन्छ र आजदेखि नेपाली नागरिक बाहेक अन्य देशका नागरिकलाई प्रवेश निषेध गरिनुका साथै नेपाल भित्रिने नेपाली नं. निजी सवारी साधनहरुलाई संक्रमण मुक्त बनाउनका लागि कांकरभिट्टा नाकामा खटिएका स्वस्थ्य स्वयमं सेवकद्धारा क्लोरिनस्प्रे प्रयोग गरेर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ ।

यती वेला नेपाल भित्रिने अधिकांस यात्रीहरु भारत, वंगलादेशमा अध्ययनरत रहेका विद्यार्थीहरु रहेका छन साथै केही कामदार रहेका छन् । यती बाक्लो संख्यामा संक्रमित देशबाट फर्किएका यात्रुहरुलाई सरकारले ज्वारो नापेको भरमा सहजै नेपाल प्रवेश गर्न दिएको देखिएको छ ।

जनशक्ती अभावलाई पूर्ण गर्नको लागि मेचीनगर आसपासमा रहेका संघसंस्थाहरु, मेची उद्योग बाणिज्य संघ, रोटरी क्लव अफ कांकरभिट्टा लगायतका दर्जन भन्दा धेरै संघ संस्थाका प्रतिनिधीहरुले आलोपालो गरेर स्वमंसेवकको भूमिका निर्वाह गरेको देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर