Aamsanchar

दोस्रो रिपोर्ट सार्वजनिक, वीरगञ्जका रुगंटा लाई कोरोना संक्रमण नभएको पुष्टि

Author Image
सोमवार, चैत १०, २०७६


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतको पटनास्थित अस्पतालमा भर्ना गरिएका वीरगञ्जका शिवकुमार रुगंटामा संक्रमण नदेखिएको दोस्रो रिपोर्टमार्फत पुष्टि भएको छ ।

यस अगाडि पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको भएपनि ल्याबको नतीजामा नेगेटिभ आएको पटना अस्पतालका चिकित्सकले जानकारी गराएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार राति ९ : ३० बजे रुगंटाको परिवारलाई दिएको दोस्रो नमूना परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर