Aamsanchar

देशका १५ भन्दा धेरै जिल्ला लकडाउन, सरकारी कार्यालय पनि बन्द गर्ने तयारी

Author Image
सोमवार, चैत १०, २०७६

काठमाडौं ः सरकारले मंगलबारदेखि सरकारी बन्द गर्ने तयारी गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समितिले उक्त निर्णय गर्न लागेको हो।  त्यसैका लागि अहिले समितिको बैठक सिंहदरबारमा बसिरहेको छ। सरकारले आइतवार मात्रै अन्तर्राष्ट्रिय उडान र भारत–चीनका सबै सीमानाका बन्द गर्ने निर्णय लिएको थियो।

मन्त्री पोखरेलनिकट स्रोतका अनुसार मंगलबारदेखि नै सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारीलाई घरैमा बस्न निर्देशन दिन लागिएको छ। ‘सडकमा मानिसको आवतजावत नरोकिएपछि सरकारी कार्यालय नै बन्द गर्ने निर्णय लिन लागिएको हो’, स्रोतले भन्यो, ‘सर्वसाधरणलाई पनि घरबाहिर निस्कन नदिने गरी कडा कदम चाल्ने तयारी भएको छ।’ समितिले भोलिबाटै सर्वसाधरणलाई घरबाहिर निस्कन नदिने गरी अपिल गर्ने भएको छ।

त्यसका लागि प्रहरी परिचालन गरेर टोलटोलमा माइकिङको तयारी पनि सरकारले गरेको छ। ‘सेमी लकडाउन’को अवस्थामा पनि मानिसहरु सडकमा निस्केर भिड गर्ने क्रम रोकिएन’, समितिका एक सदस्यले भने, ‘त्यसैले सुरक्षाकर्मी नै परिचालन गरेर कडाइका साथ मानिसलाई सडकमा निस्कन नदिने गरी कदम चालिँदैछ।’ आइतवार समितिको निर्णपछि देशका १५ भन्दा धेरै जिल्ला लकडाउन गरिएको छ।

गण्डकी प्रदेशले प्रवेश निषेध गरेको छ। स्वास्थ्य जाँच गरेर मात्रै मानिसलाई प्रवेश गराइँदैछ। कतिपय जिल्लाले लकडाउन गरेर कडाइका साथ नियमन गरिरहेका छन्। तर भारतबाट हजारौँ नेपाली आइरहेकाले सरकारले केही दिन उनीहरुलाई आउन दिने रणनीति बनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर