Aamsanchar

कोरोना संक्रमण भएकी युवतीको अवस्था सामान्य

Author Image
सोमवार, चैत १०, २०७६

काठमाडौं: कोरोना संक्रमण देखिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत युवतीको स्वास्थ्य सामान्य रहेको बताइएको छ।

अस्पतालले दिएको जानकारी अनुसार अहिले उनको अवस्था सामान्य छ। अस्पतालका एक चिकित्सकले भने,‘आत्तिहाल्नु पर्ने अवस्था छैन।’ शुक्रबार उनको कोरोना संक्रमण परीक्षण गरिएको थियो। रिपोर्ट भने आइतबार साँझ आएको थियो।

रिपोर्टमा कोरोना देखिएपछि स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो। अस्पतालका अनुसार उनको सातदिनपछि पुनः कोरोना भाइरस परीक्षण हुनेछ। यदि उक्त परीक्षणमा कोरोना भाइरस नदेखिए उनी डिस्चार्ज हुनेछिन्।

‘उक्त जाँचमा कोरोना संक्रमण भएको पाइयो भने थप १४ दिन अस्पतालमै राखेर उपचार गरिनेछ,’ अस्पताल स्रोतले भन्यो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर