Aamsanchar

मेची पुलमा रोकिएकालाई नेपाल प्रवेश गराईयो

Author Image
मङ्गलवार, चैत ११, २०७६

झापा । देश लकडाउन गरिएको कारण पूर्वी सीमा नाकामा रोकिएका नेपालीलाई नेपाल प्रवेश गराईएको छ । प्रवेशका लागि स्थानीय सरकार र प्रशासनलाई मुख्य मन्त्री शेरधन राईले निर्देशन दिएपछि उनीहरु नेपाल प्रवेश गर्न पाएका हुन । अपरान्ह उनीहरुलाई नेपाल भित्राईएको थियो । नेपालतिर रहेका भारतीयहरुलाई पनि मेची पारी पठाइएको छ ।

बन्द सीमा नाकाको निरीक्षणका लागि सोमबार पूर्वी काँकडभिट्टा आएका मुख्य मन्त्री राईले मेचीपुलमा अलपत्र यात्रीहरुलाई प्रवेशका लागि केन्द्र सरकारसँग समन्वय गरेको जनाए।उनले नेपाली नागरिकसँग भने,‘ तपाईंहरुको समस्यालाई मध्यनजर गरेर हामी प्रवेश दिदैछौं। तर, तपाईंहरु कम्तिमा ७ दिन सेल्फ क्वारेन्टाइनमा बस्दिनु होला।’

भारतबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रीले नेपाल प्रवेशको माग गर्दै मेची पुलमा नाराबाजी समेत गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर