Aamsanchar

झापामा लकडाउन उल्लङ्घन गर्ने बढ्दै, सेना नै अन्तिम विकल्प

Author Image
शनिवार, चैत १५, २०७६

बिर्तामोड । समाचार विश्लेश्ण, सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गर्ने क्रम झापामा बढ्दै गएको छ । सन् २०१९ को अन्तिम समयमा चीनमा देखिएको कोरोना भाइरस नियन्त्रणका लागि चीन सरकारले बुहान शहर नै लक डाउन गरेर उपचार शुरु गरेको थियो ।

चीनले कडाएका साथ निर्देशन दिएपछि चीनका जनता घरबाट बाहिर निस्केनन् र अन्तत चीनले कोरोना भाइरसलाई नियन्त्रणमा लिएको छ । यो अवस्थामा पुग्दा समेत चीनमा करिब तीन हजारभन्दा धेरैले ज्यान गुमाउनु प¥र्यो । कोरोना भाइरसले महामारी लिने क्रममा इटालीमा यो रोगको संक्रमण देखा प¥र्यो । लगत्तै चीनले लकडाउन गरेर उपचार शुरु गर्न सुझाव दिइयो । तर, चीनको सुझाव अनुसार इटाली सरकारले देशलाई नै लकडाउन गरेर करिब एक करोड जनतालाई क्वाराइन्टेनमा बस्न आग्रह ग¥र्यो । सरकारको आग्रहलाई बेवास्ता गर्दा आज इटालीका जनता रुन समेत नसक्ने अवस्थामा पुगेका छन् ।

कोरोना भाइरसका कारण पाँच हजारभन्दा धेरैले ज्यान गुमाइ सकेको अवस्था छ भने लाखौं रोगको संक्रमणमा रहेका छन् । विश्वका विभिन्न देशमा यो रोगको संक्रमण फैलने क्रम जारी रहेको छ । नेपालमा पनि हाल सम्म चार जनामा यो रोगको संक्रमण पुष्टि भइसकेको छ । यो अवस्थामा सरकारले एक साताका लागि लकडाउन गरेको आज पाँचौं दिन हो । तर जनताले लकडाउनलाई चाडपर्व झैं मानेर प्रहरीको आग्रहलाई वेवास्ता गरिरहेका छन् । यो अवस्थामा स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधिले नेपाली सेनालाई मैदान उर्ताने हिम्मत देखाउनु पर्छ ।

कुनै रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम हो भने झैं झापामा यो रोगले महामारीको अवस्था सिर्जना गरेपछि यसको रोकथाममा तदारुपता देखाउनु भन्दा बेलैमा नेपाली सेनालाई सडकमा उतारेर कफ्र्यु लगाउन जरुरी छ । झापाका धेरै मानिसलाई अहिले रमाइलो लागि रहेको अवस्था छ । केहि प्रहरीको आग्रहलाई अटेर गर्दै सडकमा रमिता हेर्न निस्कने गरेको पाइएको छ । तरकारी किन्ने बहाना बनाएर रमिता हेर्न जानेको लर्को बिहान र बेलुका बिर्तामोड लगायत शहरी क्षेत्रमा देख्न सकिन्छ । काठमाण्डौं बाहिर समेत कोरोना भाइरसका बिरामी फेला पर्न थालेको अवस्थामा कफ्र्यु लगाएर एक सातासम्म घरबाट निस्किन दिनु हुदैन् ।

सरकारको यो अभियानलाई साथ दिनुको सट्टा मजाक गर्नेहरु विरुद्ध प्रहरी प्रशासन अब कठोर ढङ्गबाट प्रस्तुत हुन जरुरी छ । आज एक दिन भोकै बस्दा उसको ज्यान बाँच्न सक्छ भने उ भोकै बसे पनि केहि फरक पर्दैन् । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप कडाइ गर्न जरुरी छ । अबको विकल्प भनेको सेनालाई मैदान उतारेर कफ्र्यु नै हो । सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको बन्दाबन्दीमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गर्ने जनाए पनि झापामा पूर्ण रुपमा कार्यान्व्यन हुन नसक्दा रोगको जोखिम बढेर गरेको प्रहरी स्रोतको भनाई छ । पछिल्लो समय एम्बुलेन्स रिर्जव गरेर बिरामीको बहाना बनाएर मानिसहरु एक ठाँउबाट अर्को ठाँउमा जाने क्रम झापामा बढ्दै गएको छ । सरकारले अत्याश्यक खाद्यपदार्थबाहेक अन्य सवारी साधन चल्न दिएको छैन भने मानिसलाई पनि बाहिर निस्कन भनेको छैन ।

अहिलेसम्म नेपालमा विदेशबाट आएका चार जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । लकडाउनमा अत्यावश्यकीय पसलबाहेक अरू सबै बन्द छन् । सरकारले दूध, पानी, खाद्यान्न, तरकारीलगायतका पसल खुल्ला राख्न आग्रह गरे पनि त्यस्ता अधिकांश पसल बन्द छन् । अझ २४ घण्टा सेवा उपलब्ध भनेर ठुलाठुला बोर्ड राखेका औषधि पलस बन्द छन ।  बेलुका ५ बजेपछि भने मानिस सडकमा निस्कने गरेकाले जोखिम झनै बढेर गरेको चिकित्सकहरुको भनाई छ । बिहान र बेलुकाको समयमा झापामा मानिसको चहलपहल धेरै हुदाँ प्रहरीलाई नियन्त्रण गर्न समस्या पर्ने गरेको बताइएको छ । प्रहरीलाई मानिसले नर्टेने भएकाले अब सेनालाई सडकमा निकाल्नुको विकल्प नभएको स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)