Aamsanchar

लकडाउनमा सामाजिक सञ्जालमा भाइरल बनेका भिडियोहरु

Author Image
मङ्गलवार, चैत २५, २०७६

कोरोना भाइरस संक्रमणपछि अहिले धेरै मानिसले मासु खान कम गरेका छन् । चीनको वुहान शहरबाट फैलिएको यो रोग मासुसँग समेत जोडिएको रहस्यमय कुरासँगै सामाजिक सञ्जालमा समेत यसबारे थुप्रै अफवाह समेत फैलिएका छन् । सामाजिक सञ्जालमा आउँने गलत हल्लाले समाजमा कहिँ न कहिँ यसले प्रभाव पार्ने गरेको छ।

मासुले कोरोना फैलाएको हल्लापछि धेरैले अण्डारमासु खान छोडे । भारतका विभिन्न ठाँउमा कुखुरा पालक किसानमा यसको प्रत्यक्ष असर परेको बताइन्छ । कोरोनाको त्रासपछि किसानहरुले कुखुराहरु मार्दै खाल्डोमा पुरेकोरअण्डा एकान्तमा लगेर फालेका समाचार भारतीय मिडियामा सार्वजनिक हुने गरेका छन् ।

अहिले सामाजिक सञ्जालमा एउटा अर्को भिडियो भाइरल बनेको छ । दक्षिण भारतको रहेको भनिएको उक्त भिडियोमा अण्डाहरु फोहर फाल्ने ठाँउमा लगेर फालेको एक हप्तापछि चल्ला जन्मेको दाबी गरिएको छ।

हजारौं चल्लाहरु सडकमा रहेको भिडियोमा देख्न सकिन्छ। भिडियोमा एकहप्तापछि चल्ला जन्मेको दाबी गरिएपनि उक्त कुराको पुस्टि भने हुन सकेको छैन। किरण वेदीले सामाजिक सञ्जालमा यो भिडियो पोस्ट गरेकी छन्। धेरैले उक्त भिडियो ‘फेक’ रहेको भन्दै वेदीको आलोचना गरेका छन्।

https://twitter.com/thekiranbedi/status/1246766862345490432?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1246766862345490432&ref_url=http%3A%2F%2Fpurbelinews.com%2F393822

यस्तै नेपालको चितवनमा लकडाउनपछि गैंडा बजारमै निस्केको भिडियो समेत अहिले भाइरल छ।

https://twitter.com/ParveenKaswan/status/1247080976330551298?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1247080976330551298&ref_url=http%3A%2F%2Fpurbelinews.com%2F393822

सामाजिक सञ्जालमा एउटा अर्को भिडियो पनि भाइरल बनेको छ। उक्त भिडियो भारतको गुजरातको रहेको बताइएको छ। लकडाउनपछि आकाशमा समूहमा पन्छिहरु नाचिरहेको देखिन्छ।

https://twitter.com/ParveenKaswan/status/1246513381034475520?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1246513381034475520&ref_url=http%3A%2F%2Fpurbelinews.com%2F393822

लकडाउनका कारण भोकभोकै रहेका सडक नागरिकलाई झापा अर्जुनधारा–६ का दिवाकरलाल चौधरीले दैनिक खाना खुवाउन सुरुगरेको अभियानको भिडियो यतीवेला भाईरल बनी रहेको छ ।

https://www.facebook.com/aamsancharnews/videos/1320747741454310/

श्रोत दैनिकअनलाइन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर