Aamsanchar

जनकपुरमा दुई महिलाले पैषा फ्याल्दै हिडे पछी कोरोना किटाणुको आशंखामा स्थानिय त्रसित

Author Image
शुक्रवार, वैशाख ५, २०७७

जनकपुर : जनकपुर उपमहानगरपालिका वडा नं. ५ महावीर चौकमा दुई महिलाले पैसा फालेर हिडेपछि पैसामा कोरोना किटाणु हुने आशंकामा ल्याब परीक्षण हुने भएको छ ।

अज्ञात दुई महिलाले १० र २० का १२ र १५ बटा नेपाली नोटहरु फालेर भागेपछि ती नोटहरूमा कोरोनाका किटाणु हुन सक्ने शंका गरिएको हो । संकास्पद रूपमा नोटहरू बाटोमै फालेर भागेपछि नोटमा कोरोना संक्रमितको सम्पर्कमा रहेको हुन सक्ने भन्दै नोटलाइ परीक्षाणका लागि ल्याव लगिने जिल्ला प्रहरी कार्यालय जनकपुरका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

केहि समय अघि भारतमा नोटमा कोरोना पोजिटिभको थुक हालेर नोट सकडमा राखिने गरेको हल्ला चलेको थियो । जनकपुरमा पनि दुई अज्ञात महिलाहरूले त्यस्तै प्रकारको गतिविधि देखाएकोले अहिले जनकपुरमा त्वारास फैलिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर