Aamsanchar

झापामा करिव ७ सय विघामा लगाइएको उँखु सुकेर चाउरिदै

Author Image
सोमवार, वैशाख १५, २०७७

अर्जुनधारा ।  विगत एक महिना यता भैरहेको वन्दाबंदिका कारण झापाका उखु कृषक र व्यवसायी पनि मारमा परेका छन् । उत्पादनको मुख्य सिजन मानिने चैत्र र वैशाखमा उखु वाली खेत बाटै उठाउन नपाएपछि कृषक र व्यवसायीहरुले झन्डै १५ करोड रुपैया वरावरको नोक्शानी वेहोर्नु परेको  अर्जुनधारा स्थित गिरी कृषि फर्मका प्रोपाइटर योगेश गिरीले पिंडा पोखेका छन ।

झापाको अर्जुनधारा ,डागीवारी ,बुधबारे ,हल्दीवारी र भद्रपुरका झन्डै २ सय को हाराहारीमा किसान परिवार उखु खेतीमा आश्रित रहदै आएका छन ।  झापामा उत्पादित मध्ये ८५ प्रतिशत उखु राजधानी शहरमा पुग्ने गरेको छ ।त्यसपछि स्थानिय बजार सहित हेटौडा ,नारायणगढ र पोखरामा व्यवसायीले उखु पुर्याउदै आएका छन् । झापामा उत्पादित सवै उखु तत्काल पेलेर रस को रूपमा मात्रै प्रयोग हुदै आएको छ । तसर्थ यसको उपभोग लामो समय राखेर गर्न असम्भव छ ।

एकातर्फ उखु खेतीमा आश्रित श्रमिक विचल्लीमा परेका छन् भने अर्को तर्फ़ कृषकको आगामी वर्षको लगानी समेत जोखिममा परेको अर्जुनधाराकै कार्की कृषि फर्मका संचालक  भुपेन्द्र कार्कीको भनाइ छ ।

उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा उखुका बोट (लाक्रा) सुक्न थालेसँगै कृषकमा चिन्ता थपिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन लम्बिँदै जाँदा आफूले उत्पादन गरेको ग्यामेरा प्रजातिको जुस बनाउने उखु बिक्री गर्न नपाएको लामो समय देखि उखु खेतीमै संलग्न अर्का दाहाल कृषि फर्मका संचालक  दिनेश दाहालको पिंडा पनि अरु कृषककै जस्तो छ । उनि भन्छन सरकारले हेरी दिनुपर्यो बैंकले ब्याज मिनाह गरिदिनु पर्यो । यस्तै अवस्था लामो समय रहे कृषक र मजदुर दुवै यो क्षेत्रबाट पलायन हुने सम्भावना नजिक आएको छ ।

अन्य व्यवसाय र कृषि क्षेत्रमा जस्तो उखु खेतीमा विमा सुरक्षा पनि नभएको पाइएको छ । सात सय विघा हाराहारीमा उखु खेती  गर्दै जीविकोपार्जन गर्ने झापाका कृषकहरुले आफुहरुलाई राज्यले विशेस सहुलियत प्रदान गर्नु पर्ने माग समेत गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर