Aamsanchar

नेपाल फोटो पत्रकार संघ झापाको संयोजमा चारपानेका १६ परिवारमा बाबा कृपा समूहको सहयोग

Author Image
मङ्गलवार, वैशाख २३, २०७७

नेपाल फोटोपत्रकार महासंघ झापा शाखाको पहलमा  बाबा कृपा समूह बिर्तामोडको सहयोगमा चारपानेका ६१ जनालाई खाद्य सामाग्री वितरण गरेको छ।
उदयपुर,गाइघाट,ताप्लेजुङ, पाँचथर लगायत बाहिरी जिल्लाबाट आएर ब्लक उद्योगमा काम गरिरहेका कुल १६ परिवारलाई अत्यावश्यक सामाग्रीहरु वितरण गरिएको हो।

उनिहरु परिवार सहित चारपानेमै बसोबास गरि ब्लक उद्धोगमा काम गरेतापनी लक डाउन भएयता काम ठप्प छ। घर फर्किन पाएका छैनन्, न त काम गर्न। ससाना टहरामा बस्दै आएका ६१ जनामा २५ जनाभन्दा बढी बालबालिकाहरु रहेका छन्।

उद्योगकै छेउमा बनाइएका  टहरामा बस्दै आएक उनीहरुको चुलो बल्न बन्द भई सकेको  थियो ।  यस अघि स्थानिनय एक युवाले पनि राहत प्रदान गरेका थिए ।  स्थानीय निकायले वितरण गरेको राहत सामाग्री सकिएको, साहुले पनि ज्यालाबाट काटिने सर्तमा केही रासन दिएका थिए तर धेरेजनाको परिवार भएकोले यतीवेला फेरी रासन अभाव भएको एक पिडितले बताईन । उहाँहरुको चुलो निभ्ने अवस्था आएको बुझ्यौ र सहयोग गरेका हौं वितरणमा गएका एक फोटो पत्रकारले बताए ।

Views: 171

प्रतिक्रिया (०)