Aamsanchar

‘नो काम, नो माम’

Author Image
मङ्गलवार, वैशाख २३, २०७७


चीनको वुहान शहरबाट करिब ४ महिना अगाडि शुरु भएर विश्व भ्रमणमा निस्किएको कोरोना भाइरसस (कोभिड-१९) ले रोगको रूपमा संसारका राष्ट्रपतिदेखि विश्व का ठुला राज नेता आक्रमण गरी समान व्यवहार गरेर देखाइरहेको छन् ।

विश्वमा मानव जातिको लागि कोरोना नामको महासंकट आईलागेको छ जस्लाई परास्तगर्ने अस्त्र महाशक्तिशाली भनिने देशहरू (अमेरिका, बेलायत, चीन, क्यानडा, इटली, अस्ट्रेलिया, भारत) ले आज सम्म पत्ता लगाउन सकेका छैनन् । प्रकृति संग खेलवाड गर्दै आफुलाई भगवान भन्दा पनि ठुला सोच्नेहरुले आज एउटा सुक्ष्म जीवाणुको सामना गर्न सकिरहेका छैनन् । मानव जाती र प्रकृतिको विनासको लागि जुन अस्त्र(शास्त्र बनाउनमा समय र पुजी लगानी गरियो त्यो पुजि र समय मानव जातिको कल्याण निम्ति लगाएको भए आज विश्वले सहजै यश संकटको सामना गर्न सक्थ्यो होला । अब विश्वले एकचोटि फरक ढंगले सोच्नु पर्ने बेला आएको छ ।

अहिले जुन संकट हाम्रो सामुन्ने देखा परेको छ त्यो सामन्य संकट नभएर असमान्य संकट हो ।
यसलाई तेस्रो विश्व युद्धको रुपमा पनि लिईएको छ । त्यसो हो भनेदेखी समस्याको अहिले अन्त्य भैसकेको छैन । अहिले त सुरुवात मात्रै हो तर हामी यसलाई सामान्य तरिकाले लिईरहेका छौ । हाम्रो एउटा साधारण गल्तीले विश्वलाईनै असर पार्न सक्छ । त्यसैले हामिले अहिले एकदमै सचेत र जागरुक भएर कदम उठाउनु पर्ने बेला हो । अहिले हाम्रो सामु आफ्नो जिम्मेवारी मात्र नभएर स् आफ्नो परिवार, आफ्नो समाज, आफ्नो रास्ट्र र सिंगो विश्व मानिव जातिको नै जिम्मेवारी आएको छ ।

कोरोना भाइरसको महामारी पश्चात लकडाउन भयो । घर भित्र थुनिएका मानिसहरु अनेक तरिका बाट दिन बिताइरहेका छन् । सामाजिक सँजालमा यस्तो खाइयो र उस्तो खाइयो भन्ने सामग्री, पुरानो तस्बिरको प्रदर्शन, हाम्रो पहिलो भेट कहाँ भएको थियो भन्ने जिज्ञासा, प्रहरीले लकडाउन उल्लंघन गर्ने लाई कार्बाही गरेको सम्बन्धि सामाग्री, राहत बितरण , सुचना र सचेतनामुलक सामाग्री र सरकारको गतिविधिप्रतिको सुझाव र आलोचनाले महत्वपूर्ण स्थान पाएको देखिन्छ।स्वभावैले मानिस कोहि परिस्थितिको विश्लेषण गरेर बस्छन कोहि रचनात्मक कार्य गर्दछन जोकोहि आफ्नै तालमा मस्तराम हुन्छन। रोग बाट बच्न घर भित्र थुनिएको मान्छेले भोक लाई ढोका बाहिर थुन्न सक्दैन। यस्तो बेला कोरोना बाट बचेर मात्र हुँदैन अन्य रोगहरु बाट पनि बच्नु पर्छ। हुनेले परिकारहरु बनाएर खाँदैछन नहुने हरु “नो काम, नो माम”को हालतमा छन। मनकारी मानवहरु खाना, पानी, औषधि बांडेर हिँडिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर