Aamsanchar

नेपाल फोटोपत्रकार झापाको पहलमा चारपानेका १६ परिवारलाई बाबा कृपा समूह द्वारा सहयोग

Author Image
मङ्गलवार, वैशाख २३, २०७७

बिर्तामोड ।  नेपाल फोटोपत्रकार महासंघ झापाको संयोजन बाबा कृपा समूह बिर्तामोडको सहयोगमा झापाको विर्तामोट–२ स्थित चारपानेका ६१ जनालाई खाद्य सामाग्री वितरण गरेको छ।
उदयपुर,गाइघाट,ताप्लेजुङ, पाँचथर लगायत बाहिरी जिल्लाबाट आएर ब्लक उद्योगमा काम गरिरहेका कुल १६ परिवारलाई अत्यावश्यक सामाग्रीहरु वितरण गरिएको हो।

उनिहरु परिवार सहित चारपानेमै बसोबास गरि ब्लक उद्धोगमा काम गरेतापनी लक डाउन भएयता काम ठप्प छ। घर फर्किन पाएका छैनन्,न त काम गर्न।
स–साना टहरामा बस्दै आएका ६१ जनामा २५ जनाभन्दा बढी बालबालिकाहरु रहेका छन्।

उद्योगकै छेउमा बनाइएका टहरामा बस्दै आएका उनीहरुमा यतीवेला खाद्य संकट परेको थियो । बाबा कृपा समूहका युवाहरूको समूह हो। विभिन्न बिपत्तिका समयमा उनिहरु दैनिक बजेटको केही अंस छुट्याएर सहयोग गर्ने गर्छन। हामिले उहाँहरुको पीडा सुनेर बिर्तामोड क्षेत्रमै यस्तो अवस्था आउनु राम्रो होइन भन्ने लाग्यो र सहयोग गरेका हौं, सो समुहका सुजित अग्रवालले भने।

सामाग्री हस्तान्तरण गर्नेक्रममा बाबाकृपाका सदस्यहरु निरज बंशल, जीवन बिट्टु बंशल,सुजित अग्रवाल लगायतको उपस्थिति थियो भने, फोटो पत्रकार महासंघबाट विष्णु लामिछाने, शरद जोशी, लोकेश अधिकारी लगायतको उपस्थिती थियो।

कंक्रिट उद्योगमा कार्यरत मजदुरहरुले खाद्य सामाग्री पाईसकेपछी आफुहरु आफ्नो गाउँ भन्दा टाढा भएपनी सबैको माया पाएकोमा खुसी व्यक्त गरेका थिए।

भिडियो पनि हेर्नुहोस् ।

Views: 65

प्रतिक्रिया (०)