बिर्तामोड । सामाजिक सेवामा क्रियाशिल संस्था राउण्ड टेबल बिर्तामोड २७ ले बिर्तामोड स्थित इलाका प्रहरी कार्यलय परिसरमा डिसइन्फेच्शन बुथ हस्तान्तण गरेको छ ।
मंगलबार दिउसो राउण्ड टेबलका पदाधिकारीहरले ईलाका कार्यालय प्रमुख मुकुन्द रिजाल मार्फत प्रहरी कार्यालयलाई उक्त डिसइन्फेच्शन बुथ हस्तान्तरण गरेका थिए ।
नेपालमा कोरोना संक्रमणको संख्या दिन दिनै बढी रहेको अवस्थामा अग्रभागमा रहेर काम गर्नुपर्ने प्रहरीमा संक्रमण हुनसक्कने संभावनालाई मध्येनजर गरेर प्रहरी र ईलाका प्रहरी कार्यालय आउने सेवाग्राहीमा कोरोना संक्रमण हुन र फैलिन रोकथामका लागि डिसइन्फेच्शन बुथ उपलब्ध गराईएको राउण्ड टेबल बिर्तामोड २७ का अध्यक्ष सुमित मंगलले बताए ।

डिसइन्फेच्शन बुथमा १० लिटर इ एम ( effective microsm ) केमिकल सहित ५५ हजारको लागतमा जडान गरेको बताईएको छ । स्वास्थ्यको लागि कुनै असर नगर्ने केमिकल २० दिन सम्म पुग्ने राउण्ड टेबलका मिजास पोखरेलले बताए ।
यस अघि झापाका विभिन्न सार्वजनिक स्थलमा मेची अभियानले पनि बुथहरु स्थापना गरिदिएको छ ।





