Aamsanchar

पहिलो चरणमा २५ जना झापाली पत्रकारको स्वाव संकलन

Author Image
बुधवार, जेठ ७, २०७७

झापामा कोरोना संक्रमितको संख्या थपिएर १२ पुगेको छ । अझै परिक्षणको नतिजा आउन बाकी छ । यसै क्षणमा संक्रमित देखिएका क्षेत्र र जिल्लाका विभिन्न ठाउँमा पुगेर रिर्पोटिङ गर्ने झापाली पत्रकारहरुको  पीसीआर विधिबाट कोरोना जाँच सुरु गरिएको छ ।

नेपाल पत्रकार महासंघ झापाको पहलमा सामाजिक विकास मन्त्रालयले बुधवार विर्तामोडस्थित महासंघको कार्यालयमै पत्रकारहरुको कोरोना जाँचका लागि थ्रोट स्वाव (घाँटीको र्याल) संकलन गरिएको छ ।

दिउँसो अढाई बजेतिर महासंघका पूर्व अध्यक्ष एवम् नेपाल टेलिभिजनका झापा सम्बाददाता भीम नेम्वाङबाट पहिलो स्वाव संकलन गरिएको थियो । महासंघका अध्यक्ष तारामणि सापकोटाले पहिलो चरणमा २५ जनासम्मको स्वाव संकलन गरिने जानकारी दिएका छन् ।

यो काममा जिल्ला स्वास्थ्य कार्यालय झापाका स्वास्थ्यकर्मीले प्राविधिक सहयोग पुर्याएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 368

प्रतिक्रिया (०)

सम्बन्धित खबर