Aamsanchar

अब तिमी होइनौं (कविता)

Author Image
बिहिवार, जेठ २२, २०७७
हिजोसम्म तिमी मेरो
रातको सपनी ,
धेरै माया गरे
आखिर
गलत रहेछु म पनि ।
पहिला जति माया
अब
तिमीलाई कहिले पनि गर्ने छैन ,
म म हुन पराउछु तिमी हैन।
दुनियाँमा धेरै रहेछन्
बिना सीप भरिएका
माया माया भन्दा भन्दै
जिन्दगीभर सडिएका
पहिले जति माया तिमीलाई ,
अब कहिले गर्ने छैन ।
म म हुन मन पराउन थाले
अब तिमी हैन।
सुखै सुख सम्झनाले
आज मेरो हार भयो
रुन्न रुन्न भन्दा भन्दै,
व्यर्थ आँसु झरी गयो ।
पहिले जति माया तिमीलाई
अब कहिले गर्ने छैन
म म हुन मन पराउन थाले
अब तिमी हैन
मेरै सम्झी तिम्रो दिललाई
आफुभित्र राखी रहे
आफ्ना सामु आँसु लुकाई
बाहिर बाहिर हासी रहे
पहिले जति माया तिमीलाई ,
अब कहिल्यै गर्ने छैन ।
म म हुन मन पराउन थाले
अब तिमी हैन
हेर सानु अब मनलाई,
खुल्ला खुल्ला साँच्ने मन छ ।
तिमी हटाइ दिलबाट ,
बा आमालाई राख्ने मन छ ।
पहिले जति माया तिमीलाई ,
अब कहिले गर्ने छैन
म म हुन मन पराउछु ।
अब तिमी होइनौं ।
 संग्रौला झापा शिवगन्जका हुन  हाल दुबई
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर