Aamsanchar

थकान भगाउन नुहाउँदा यो विधि अपनाउनुहोस्

Author Image
शनिवार, असार ६, २०७७

एजेन्सी, २८ जेठ । थकानलाई भगाउन तपाई के गर्नुहुन्छ रु आराम गर्नुहुन्छ रु यदि आराम गर्नुहुन्छ भने तपाई थकान भगाउने अल्कालीन उपाय अपनाउँदै हुनुहुन्छ । थकान मेटाउने सबैभन्दा राम्रो उपाय भनेको नुहाउनु हो ।

स्नानले तपाईको थकानलाई भगाउन मद्दत गर्दछ । तर नुहाउँदा तपाईले केही कुराको ध्यान राख्नुपर्छ । यदि नुहाउँदा तपाईले यी कुराहरु ध्यान राख्नु भयो भने तपाईको थकान चाँढै भाग्छ ।

थकान भगाउन नुहाउने पानीमा हर्बलको प्रयोग गर्दा निकै लाभदायक हुन्छ । हर्बल मिसाएको पानीमा नुहाउँदा थकाई भाग्छ र शरीरलाई राहत मिल्छ । यसका लागि तपाईले पानीमा मरिच, रोजमैरीको पात वा ज्वानो जस्ता हर्बलजन्य मसलाहरु मिसाउन सक्नुहुन्छ ।

नुहाउँदा सधै शरीरको तापमानलाई ख्याल राखेर नुहाउनुहोस् ।

नुहाउने विधि
नुहाउँदा सबैभन्दा पहिले आफ्नो हातमा पानी लगाउनुहोस् ।

त्यसपछि अनुहारमा पानी लगाउनुहोस् ।

अनुहार धोईसकेपछि खुट्टामा पानी लगाउनुहोस् ।

खुट्टा पछि माथि जाँघमा पानी लगाउनुहोस् ।

त्यसपछि मात्र आफ्नो टाउकोमा पानी खन्याउनुहोस् ।

यस्तो विधिबाट नुहाउँदा शरीरको तापमान बिस्तारै कम हुँदै जान्छ । यदि तपाईले सिधै टाउकोमा पानी लगाउनु भयो भने शरीरको तापमान एकैपटक कम भएर जान्छ र तपाईको स्वास्थमा नराम्रो असर पुग्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर