Aamsanchar

नेपालकै दुर्लभ चराको फोटो खिचेको फोटोपत्रकार तथा बन्यजन्तु फोटोग्राफर खरेलको दावी

Author Image
बुधवार, असार १७, २०७७


झापा । पछिल्लो ५ वर्ष देखी निरन्तर चराको खोज, अध्ययन तथा फोटोग्राफीमा होमिएका मेचीनगरका देबेन खरेल कैयौं पल्ट चराकै लागी इलाम गएको सम्झना गर्छन् । चरै खोजेर खोज अध्ययन तथा फोटोग्राफी गर्न दशौं पल्ट इलामको श्री अन्तु मात्रै पनि गएको उनी भन्छन् । एक पल्टको यात्रामा चराका सैयौं फोटोहरु खिचेर ल्याउने र कम्प्युटरमा राख्ने अनी कहिलेकाहीँ केही राम्रा तथा आकर्षक तस्विर मात्र सामाजिक सञ्जालमा आफ्नो निजि वाल तथा चरा तथा बन्यजन्तुका देश विदेशका ग्रुपहरुमा पोष्ट गर्छन् । त्यसो त बन्यजन्तु फोटोग्राफिकै क्षेत्रमा लागेकाले नेपालमा उनलाइ नचिन्ने बिरलै होलान् । प्रसिद्ध चराबिदहरु क्यारोल इन्सकिप र डा. हेमसागर बराल द्वारा लिखित नपाल्स फोरेष्ट बर्डस् नामको पछिल्लो अंग्रजीमा प्रकाशित किताबको आवरणमै खरेलले खिंचेको चाँदिकाने मेसिया नामको चरा अगाडीको आबरणमै छापिएको छ ।
कोरोना माहामारीको समयमा पछिल्ला खिंचेका तस्विरहरु नियाल्ने क्रममा उनले हालै, गत वर्ष २०७६मा श्रावण १० गते छिमेकी जिल्ला इलामको रोङ गाउँपालिकाको कुट्टिडाँडा क्षेत्रमा खिंचेको रातोढाडे पुष्पकोकिल अंग्रेजीमा Scarlet Backed Flowerpecker का केही तस्विर फेला पारे । यो चरा सुन्दर, शिर देखी ढाडको तल्लो भाग सम्मको रातो मोटो रङ भएका् र मात्र ९ से मी लम्बाइको हुन्छ । राम्रो र आकर्षक पोजमा आएको चराको मात्र तस्विर पोष्ट गर्ने उनी शायद यसै कारणले त्यतिबेला यस् दुर्लभ चराको अझ राम्रो तस्विर खिच्ने मनसायले पर्खेको र हाल यसको महत्व बुझ्ने क्रममा खोजि गर्दा आफू नेपालमै पहिलो यस चराको खिच्न सफल भएको खरेलले दावी गरेका छन ।

उनको भनाई अनुसार खोजीको विषयमा रेड बुक किताबको अनुसार सन् १९७९ मा धरानमा ३०५ मी. उचाइ तथा सन् १९७६मा इलाममा २१३५मी. को उचाइमा फेला परेको रेकर्ड भएको र यसका साथै सन् २०१६मा इलाममा भेटिएको भनिएको छ तर रेकर्डमा समावेस नभएको हिमालयन् नेचरका चराबिद् संजिव आचार्यले जानकारी दिएको र साथै यति दुर्लभ चरा पाइएकोमा बधाइ पनि दिएको बताउँछन् ।
उनले सम्बन्धित नेपालका चराविद् देखी चरा सम्बन्धि किताब लेखक डा. हेमसागर बरालले समेत अहिलेसम्म यो नेपालकै दुर्लभ चराको अरुले फोटो खिंचेको मात्र हैन सन् १९७९ यता नभेटिएको समेत बताउनुभएको  साथै यस्तो चरा खोज्न तथा फेटोग्राफको रेकर्ड सम्म गर्न भ्याएका खरेललाई बधाइ समेत दिएको कुरा खरेलले बताए ।

फोटोपत्रकार तथा बन्यजन्तु फोटोग्राफर देवेन खरेलले हालसम्म करिब ४०० प्रजातिका चराहरुको तस्विर खिंचिसकेको बताउँछन् । उनका तस्विरहरु देश बिदेशका सामाजिक सञ्जालमा पोष्ट हुन्छन् । हालै दुई धामन साँपको जोडिएको तस्विर उनको खुबै चर्चित भएको थियो । “चराहरु प्रकृतिका सुन्दर उपहार हुन् यिनको संरक्षण हाम्रो कर्तब्य हो” यो उनको ट्याग लाइन हो । चराको फोटोग्राफी मात्र हैन आफू नयाँ ठाउँमा पुग्दा जनचेतनाका लागी त्यस ठाउँका वासिन्दालाई चराको महत्व र पाइएका चराहरुको सामान्य जानकारी साथै नेपाली नामहरु बताउने बानी छ उनको । खरेल पंक्षी संरक्षण संघ नेपालका आजविन सदस्य पनि बनेका छन् र पछिल्लो समय झापामा फोटो पत्रकारका रुपमा पनि काम गर्दै छन् । बन्यजन्तु पर्यटनमा चरा अवलोकन अग्रणी स्थानमा आउँछ र पूर्वी नेपालमा यस शिर्शकमा पर्यटनको अपार संभावना छ उनी भन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 789

प्रतिक्रिया (०)

सम्बन्धित खबर