Aamsanchar

झापा र सुनसरीबाट लागूऔषध कारोवारमा संलग्न ५ जना पक्राउ

Author Image
शनिवार, असार २०, २०७७

झापा र सुनसरीबाट लागूऔषध दुई युवती सहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको देवानगंज ३ पाचौ सिमर स्थितबाट गाँजा सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा देवानगंज-३ का ४३ बर्षीय चुनिलाल सरदार रहेका छन ।

को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा आटोमा लुकाई छिपाई राखीएको १८ केजी गाँजा बरामद गरी चालक सरदार समेतलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यता झापाको दमक–५ स्थितमा डेरा गरी बस्दै आएका ३ जना लागुऔषध खैरोहिराईन बाउनसुगर सहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा दमक–९ का ३२ बर्षीय रबिन कुँवर, इलाम घरभई दमक–५ मा बस्ने १९ बर्षीया मनिसा राई र ताप्लेजुङ घरभई दमक-८ बस्ने २२ बर्षीया सम्झना राई श्रेष्ठ रहेका छन । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गयराती १० बजे उनीहरुलाई कोठाबाट १७ ग्राम बाउनसुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको धरान–७ स्थितमा डेरा गरी बस्दै आएका ४४ बर्षीय किसन श्रेष्ठ लागुऔषध सहित पक्राउ परेका छन । उनलार्इ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विशेष सुराकका आधारमा श्रेष्ठको कोठामा खानतलासी गर्ने क्रममा ६ बोतल डाईलेक्स, जिसि ५५२ क्याप्सुल स्पास्मो प्रोक्सिभन, २६० ट्याब्लेट नाईट्राजेपान, १ थान हतियार र नगद एक लाख ९२ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई अनुसन्धान तथा कानुनी कारबाही भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक दिपक पोख्रेलले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर