Aamsanchar

पिसिआर ल्यावकोलागि झापामा एकै दिन ५६ जना व्यक्ती तथा संस्थाबाट १९ लाख संकलन

Author Image
बुधवार, असार २४, २०७७

नामावली र फोटोफिचर सहित

सहयोग रकम प्रदान गर्दै अपांगता स्वावलम्बलन केन्द्रका प्रतिनिधीहरु ।

बिर्तामोड । झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा जनस्तरबाट कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साहीत देखिएका छन् ।

बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा १९ लाख रुपैयाँभन्दा बढी सहयोग रकम ल्याब स्थापनाका लागि प्रदान गरेका छन् । एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए । दाताहरुले स्वतस्फूर्त रकम सहयोग गर्ने क्रम जारी रहेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको अतिथि सदनमा आयोजित कार्यक्रममा १९ लाख १४ हजार ७९५ रुपैयाँ प्राप्त भएको छ । बुधबार २४ वटा संस्था र ३२ जनाले व्यक्तिगत रुपमा सहयोग हस्तान्तरण गरेको अभियानका सचिवालय प्रमुख गोपाल भट्टराईले जानकारी दिए । संस्थागत रुपमा सात लाख ८९ हजार ७५८ र व्यक्तिगत रुपमा ११ लाख २५ हजार ३७ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, सदस्यहरु मदनगोपाल सुब्बा, कुमार भट्टराई, ओमकृष्ण बिमली, हरि शर्मा, कुमारमणि पोखरेल, शिवकुमार कडेल, गजेन्द्र पौडेल, सञ्जीव घिमिरे, निर्मल भट्टराई, अर्जुन चुडाललगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए ।

बुधबार निम्न व्यक्ति र संस्थाले रकम हस्तान्तरण गरेका थिए ।

छविरमण,हरिहर,बद्री प्रसाद भट्टराई
चन्द्र बहादुर बस्नेत
सिंगापुर बेभरेज नेपाल
जंगबिर ईजम
चेम्बर अफ कमर्स सुरुङा
कृष्ण /राधा, होम/तारा,हरि /चम्पा पाण्डे
गोपाल बस्नते,श्याम बस्नेत,जितेन्द्र कुमार बस्नते
नेपाल रेडक्रस सोसाईटी,सरुङगा उपशाखा
सिजर राजभण्डारी
बिर्ता लेडी जेसीज
कृष्ण कुमार नविन कुमार ट्रेडर्स
दिपज्योती युवा क्लव झापा गा.पा
राष्ट्रिय रमणिय आदर्श उ.मा.बि दुधे
कंचन जैविक बिबिधता संरक्षण तथा बिकास समिति
भगवती मा.बि. शिवसतासी
सतासी कंक्रिट उद्योग
तारा सिं लिङदेन र अम्बीका ओली लिङदेन
उमानाथ दहाल दुधे
कल्पाना ओली आचर्या र हिरालाल आचार्य
यादव कुमार ओली
रेखा ओली र टिका उप्रेती
तुलसा देवी ओली
नन्दिकेसर अधिकारी
सामाजिक आदर्श प्रा.बि शिवसतासी
भानु मा.बि,शिव सतासी
शिव सतासी दोेहा कतार समाज
सरफराज खान
महिला मुक्ति अभियान
ओम कृष्ण र पार्वता बिमली
लायनस क्लव अफ बिर्तामोड
कनकाईधाम धार्मीक बिकास संस्था
दिपेन्द्र र नम्रता ढकाल
कर्णली बचत तथा ऋण सहकारी संस्था
डा. बिजय केसी
ए.बि.सी नेपाल
जि .एम.पि तिम्सीना फउण्डेसन
पदम प्रसाई
सोभित प्रसाई
सम्भु पोखरेल
राजवंशी समुदाय सांस्कृतिक प्रवर्धन बिकास समिति
सुरज संगिता रौनियर
होम र कंचना ढकाल सिटौला
सुधादेवी गटानी
बुद्धि घिमीरे
कुमार दहाल
मेघा ईन्भेष्टभेन्ट ग्रुप
पोखरा लेडि जेसीज
देवी पंजकन्या मर्निङ ग्रुप
सन्तोष गिरी
शुभ लक्ष्मी सहारा महिला समुह
रमेश सरिया
लिटिल फ्लावर बोर्डिङ
उर्लाबारी उद्योग बाणिज्यसंघ
प्रवासी सृजनशिल महिला समुह,इजरायल
अपांगता स्वावलम्बलन केन्द्र
उद्योग बाणिज्य महासंघ प्रदेश १

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर