Aamsanchar

अभिभावकविहीन वालवालिकालाई सुन्दर वचत आमा समूहको चित्रकला तथा हस्तकला तालिम

Author Image
मङ्गलवार, साउन ६, २०७७

विर्तामोड । झापाको विर्तामोड–४मा रहेको सुन्दर वचत आमा समूहले अभिभावकविहीन वालवालिकालाई सीपमूलक चित्रकला तथा हस्तकला सम्वन्धी तालिम दिन शुरु गरेको छ ।
सुन्दर सामुदायिक प्रहरी सेवाकेन्द्रको सहकार्यमा सुन्दर वचत आमा समूहले विर्तामोड–४मा रहेको तारा नमस्ते बालआश्रममा आश्रय लिएर वसेका १४ जना अभिभावकविहीन बालबालिकालाई चित्रकला तथा हस्तकला सम्वन्धीे तालिम दिन शुरु गरेको हो ।

सुन्दर वचत आमा समूहकी अध्यक्ष तुलसा लुईटेलको अध्यक्षता तथा सुन्दर सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष उत्तम खनालको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन कार्यक्रममा सुन्दर सामुदायिक प्रहरी सेवाकेन्द्रका उपाध्यक्ष सञ्जीव चापागाईंले औचित्यमाथी प्रकाश पारेका थिए ।
कार्यक्रममा सुन्दर सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष उत्तम खनालले विर्तामोड–४मा तारा नमस्ते बालआश्रममा आश्रय लिएर वसेका अभिभावकविहीन बालबालिकालाई चित्रकला तथा हस्तकला सम्वन्धी तालिम प्रदान गर्न शुरु गरेकोमा सुन्दर वचत आमा समूहको प्रशंसा गरेका थिए ।
उनले लकडाउनका कारण विद्यालय ठप्प भएर पठनपाठन प्रभावित भएर घरैमा बस्नुपर्दा चिन्तित बनेका बालबालिकालाई दिइने चित्रकला तथा हस्तकला सम्वन्धी तालिमले थोरै भएपनि राहत दिने बताए ।

तारा नमस्ते बालआश्रममा आश्रय लिएर वसेकी अभिभावकविहीन भावना चौहानको अभिभावकत्व ग्रहण गर्दै उनले चाहेको कक्षासम्म पढाउने अध्यक्ष खनालले प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा तारा नमस्ते बालआश्रम सञ्चालक तथा सञ्चालक समितिकी कोषाध्यक्ष यशोदा चापागाईले २०६९ सालमा स्थापना भएको तारा नमस्ते वालआश्रम विभिन्न सामाजिक संघ÷संस्था तथा प्रदेश तथा स्थानीय तह र सरकारको सहयोगमा सञ्चालन हुँदै आएको बताइन् ।
सुन्दर वचत आमा समूहले तारा नमस्ते बालआश्रममा आश्रय लिएर वसेका १४ जना अभिभावकविहीन बालबालिकालाई चित्रकला तथा हस्तकला सम्वन्धीे तालिम सञ्चालन गरेर आफूहरुलाई ठूलो गुन लगाएको उनले बताइन् ।

कार्यक्रममा तारा नमस्ते बालआश्रममा आश्रय लिएर वसेका १४ जना अभिभावकविहीन बालबालिकाहरुको अन्र्तनीहित प्रतिभा प्रस्फुटन गराई बालबालिकाहरुलाई समाजमा प्रतिष्पर्धा गर्न सक्षम वनाउने उद्धेश्यले चित्रकला तथा हस्तकला तालिम प्रदान गरेको सुन्दर वचत आमा समूहकी कोषाध्यक्ष गंगा शिवाकोटी ढकालले वताइन् ।
विभिन्न विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म निःशुल्क अध्ययन गरिरहेका अभिभावकविहीन बालबालिकालाई चित्रकला तथा हस्तकला सम्वन्धी सवै प्रकारको तालिम प्रदान गरिने तालिमकी प्रशिक्षक समेत रहेकी सुन्दर वचत आमा समूहकी कोषाध्यक्ष गंगा शिवाकोटी ढकालले वताइन् ।
लकडाउनका कारण विद्यालय ठप्प भएर पठनपाठन प्रभावित भएर घरैमा बस्नुपर्दा चिन्तित बनेका बालबालिकालाई चित्रकला तथा हस्तकला सम्वन्धी तालिम प्रदान गरेर उनीहरुको मुहारमा खुशी दिन पनि तालिमको आयोजना गरिएको उनले जानकारी दिइन् ।

हप्तामा एक दिन चित्रकला तथा हस्तकला सम्वन्धी तालिम सञ्चालन गरिने र उक्त तालिम एक वर्षसम्म सञ्चालन गरिने उनले जानकारी दिइन् ।
कार्यक्रममा तारा नमस्ते बालआश्रममा आश्रय लिएर वसेका भावना चौहान र रमेश विकले चित्रकला तथा हस्तकला सम्वन्धी तालिममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका थिए । उनीहरुले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रमको सञ्चालन सुन्दर वचत आमा समूहकी कोषाध्यक्ष गंगा शिवाकोटी ढकालले गरेकी थिइन् ।

२०६९ साल माघ २९ गते स्थापना भएको सुन्दर वचत आमा समूहमा ६१ जना महिला रहेका छन् । समूहका सदस्यले पाँच सय रुपैयाँ मासिक बचत गर्दै आइरहेका छन् भने २० रुपैयाँ अतिरिक्त बचत गर्दै आइरहेको सुन्दर वचत आमा समूहकी कोषाध्यक्ष गंगा शिवाकोटी ढकालले जानकारी दिइन् ।
प्रत्येक महिना बचत गर्दै आइरहेको २० रुपैयाँले विभिन्न दैवी विपत्तिमा परेकालाई सहयोग लगायतका सामाजिक कार्य गर्दै आइरहेको उनले वताइन् ।
सुन्दर वचत आमा समूहले मासिक बचत गर्नुका साथै त्यहि समूहमा ऋण लगानी समेत गर्नाले सामुहिकताको भावना बढेको उनले वताइन् ।
समूहका १६ जना सदस्यलाई चित्रकला तथा हस्तकला सम्वन्धी तालिम प्रदान गरेको र उनीहरुले तालिम लिएपछि व्याच ,माला , मायाको चिनो वनाउनुका साथै विवाहको स्टेज डेकोरेशन समेत गर्ने गरेको सुन्दर वचत आमा समूहकी कोषाध्यक्ष गंगा शिवाकोटी ढकालले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)