Aamsanchar

मुद्धा लिलामी प्रक्रियाबाट २ करोड रुपैयाँ बढी राजस्व संकलन

Author Image
बुधवार, साउन ७, २०७७

 

मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७६/२०७७ मा दर्ता भएका चोरी पैठारी निकासीका मुद्धा लिलामी प्रक्रियाबाट २ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत भरतराज अधिकारीका अनुसार त्यो वर्ष कार्यालयमा चोरी पैठारी निकासीका ६ करोड १८ लाख ३६ हजार २ सय ८९ प्रतिवेदन मुल्य बराबरका कुल ५ सय १८ वटा मुद्धा भएका थिए । ती मध्ये ३ सय ८१ वटा मुद्धा लिलामी हुदाँ २ करोड २२ लाख ३७ हजार ४ सय ७१ रुपैयाँ राजस्व संकलन गरेको भन्सार अधिकृत अधिकारीले बताउनुभयो ।

वितेको आर्थिक वर्ष २०७६/२०७७ मा सवैभन्दा बढी नेपाल प्र्हरीले ३ करोड ५३ लाख १० हजार ६ सय ६६ रुपैयाँ बराबरको २ सय ८१ वटा मुद्धा कार्यालयमा दर्ता गराएको थियो । यसैगरी, सवैभन्दा कम भन्सार कर्मचारीले २१ लाख ९४ हजार ८ रुपैयाँ प्रतिवेदन मुल्य बराबरका ४८ वटा मा मुद्धा कार्यालयमा दर्ता गराएको कार्यालयको मुद्धा शाखाले जनाएको छ ।

यसैगरी भन्सार राजस्व गुल्मले १ करोड २५ लाख १ हजार ५ सय ८८ प्र्रतिवेदन मुल्यका ६९, सशस्त्र प्रहरीले १ करोड १८ लाख ३० हजार २७ रुपैयाँ मुल्य बराबरको १ सय २० वटा चोरी पैठारी निकासीका मुद्धा गराएको छ । गत आर्थिक वर्षमा लिलामी हुन नसकेका कुल १ सय ३७ वटा मुद्धा चालु आर्थिक वर्ष २०७७/२०७८ मा सरी आएका छन् । भन्सार कार्यालयको नियम अनुसार अवैध समान पक्राउ गरी भन्सार बुझाए वापत कमिसन तथा कसैले सुराकी दिए पुरस्कार वापत लिलामी रकमको २० प्रतिशत कमिसन तथा र सुराकी वापतको १५ प्रतिशत पुरस्कार गरी ३५ प्रतिशत रकम दिने व्यवस्था रहेको प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर