Aamsanchar

नेपाली कांग्रेस केन्द्रिय विभागमा पोखरेल र घिमिरे सहित झापाबाट १५ जना भन्दा धेरै मनोनित

Author Image
सोमवार, साउन २६, २०७७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिनुभएको छ ।

केन्द्रीय विभागका प्रमुख भने यसअघि नै मनोनयन गरिएको थियो ।

वीरबहादुर बलायर प्रमुख रहनुभएको निर्माण व्यवसायी समन्वय विभागमा ३९ सदस्य मनोनय गरिएको छ । निर्माण व्यवसायी समन्वय विभाग सदस्यमा  मनोनित हुनुहुनेहरुमा झापाका दिपेन्द्र पोखरेल रहनु भएको छ, त्यसैगरी दार्चुलाबाट एकेन्द्र पाल,कालिकोटबाट तारा शाह, बाग्लुङ अमरबहादुर कार्की, पर्सा वशिष्ठनारायण कुर्मी, प्युठान सुभाष के.सी., काठामाडौंबाट हुमनाथ कोईराला, इलाम देखि मीना थापा, कैलालीबाट रणबहादुर रावल, दैलेख देखि शेरबहादुर शाही लगायत मनोनित हुनुभएको छ ।

स्थानिय परिचालन बिभागको केन्द्रीय सदस्य पदमा झापा भद्रपुरका राजेन्द्र घिमीरे मनोनित हुनु भएको छ । त्यैगरी केन्द्रिय विभावका विभिन्न क्षेत्र अन्तरगत झापाबाटै सुरेश सुब्बा, मदन बुढाथोकी, दुर्गा सापकोटा, चन्द्रा खड्का भट्टराई, पंकज नेङमाङ,सूर्यनारायण ताजपुरिया, विनकुमार विश्वकर्मा, दुर्गा लुईटेल लगायत १५ जना भन्दा धेरै झापाली नेताहरु विभिन्न पदमा मनोनित हुनुभएको छ ।

पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहनु भएको सङ्गठन विभागमा ४० सदस्य मनोनयन गरिएको हो । यसैगरी हरिप्रसाद नेपाल प्रमुख रहनुभएकोे शिक्षा विभागमा ३८ जना सदस्य मनोनयन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ । महेन्द्र यादव प्रमुख रहनु भएकोे यातायात व्यवसायी समन्वय विभागमा ४१ सदस्य, फरमूल्लाह मंसुर प्रमुख रहनुभएको मुस्लिम ३७ सदस्य, अजयकुमार चौरसिया प्रमुख रहनुभएको तराई–मधेश समन्वय विभागमा ३७ सदस्य मनोनयन गरिएको छ ।
सभापति देउवाले रमेश रिजाल प्रमुख रहनुभएको सङ्घीय मामिला तथा प्रदेश समन्वय विभागमा ४० सदस्य, अम्बिका बस्नेत प्रमुख रहनुभएको वन, वातावरण तथा विपत् व्यवस्थापन विभागमा ३९ सदस्य, आनन्दप्रसाद ढुङ्गाना प्रमुख रहनुभएको वित्तीय तथा सहकारी संस्था समन्वय विभागको उपप्रमुखमा ३८ सदस्य मनोनयन गर्नुभएको छ ।

यसैगरी अर्जुनप्रसाद जोशी प्रमुख रहनुभएका पालिका समन्वय विभागमा ३८ सदस्य, , शङ्कर भण्डारी प्रमुख रहनुभएको तरुण विभागमा ४० सदस्य, मोहनबहादुर बस्नेत प्रमुख रहनुभएको खेलकूद विभागमा २७ सदस्य मनोनयन गरिएको छ । तरुण विभागलाई गएको जेठ १७ गते र खेलकूद विभागलाई गएको जेठ २८ गते पूर्णता दिइएको थियो । कांग्रेसको विधानको दफा ३७ मा केन्द्रीय विभागसम्बन्धी व्यवस्था गरिएको छ ।

विधानमा २८ विभाग रहने व्यवस्था भए पनि विधानकै अधिकार प्रयोग गरी काँग्रेस केन्द्रीय कार्यसमितिको गएको पुस ११ गतेको बैठकले महासमिति वा महाधिवेशनबाट अनुमोदन गराउने गरी विभागको सङ्ख्या बढाएर ४७ पु¥याउने निर्णय गरेको थियो । विधानबमोजिम प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने र केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन काँग्रेसको क्रियाशील सदस्य हुनुपर्छ । सभापति देउवाले अहिलेसम्म पूर्णता दिएका केन्द्रीय विभागमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने सहभागिता जनाएका छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर