Aamsanchar

मेचीनगर ९ नम्बर वडा कार्यालयको भवन उद्घाटन

Author Image
शुक्रवार, साउन ३०, २०७७

प्रतिकात्मक तस्वीर

मेचीनगर । मेचीनगर नगरपालिकाको वडानम्बर ९ को नवनिर्मित भवनको शुक्रबार विधिवत उदघाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्र्रमुख मीना पोखरेल उप्रेती तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा एकतले पाच कोेठे पक्की भवनको रिविन काटेर उद्घाटन गर्नुभएकोे थियो ।

अब उप्रान्त वडाका प्रशासनिकलगायत सवै काम नयाँ भवनबाट सञ्चालन हुने वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो वडानम्बर ९ को कार्यालय भवन निर्माण आयोजनाको कुल लागत ९४ लाख ८० हजार ४३ रुपैयाँ अनुमान गरिए पनि ६८ लाख ६५ हजार १ सय ४५ रुपैयाँमा आयोजनाको सम्झौता भएको थियो ।

मेचीनगर नगरकार्यपालिकाबाट ३८ लाख ६५ हजार १ सय ४५ रुपैयाँ र जिल्ला समन्वय समिति झापाबाट ३० लाख रुपैयाँ बजेटका श्रोत जुटाई २०७६ साल भदौ १८ तेबाट निर्माण कार्य शुरु गरिएको थियो । २०७५ भदौ ११ गते निर्माण कम्पनि श्रीनयन बराल,उद्घेश्य निर्माण सेवा मेचीनगरसँग सम्झौता भई २०७६ चैत मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

यस कार्यालयबाट ७ हजार ७ सय ३१ जना लाभावन्तित हुने छन् । यसअघि वडाको सवै काम साविक धुलावारी गाविसको भवनबाट हुदैं आएको थियो । उक्त भवन पुरानोे र कमजोेर भएका कारण दैनिक कार्य सम्पादनमा सम्स्या आउने गरेकोे भएपनि अब नयाँ भवनबाट दैनिक कार्यसम्पादन गर्न थालेपछि सरल र सहज तथ सेवाग्राहीलाई समेत लाभ मिल्ने विश्वास लिईएको छ । कुल १५ वटा वडा रहेको मेचीनगर नगरपालिकाका २, ८, १० र १२ नम्बर वडा भाडाका घरबाट सञ्चलन भइरहेका छन् । बाकी आफ्नै भवनबाट सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र्रकुमार खाम्याहाङ्ले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 466

प्रतिक्रिया (०)

सम्बन्धित खबर