Aamsanchar

अर्जुनधारा जलेश्वर धाम र नेपालकै पहिलो आधुनिक कंक्रिट उद्योगमा मुख्यमन्त्री राईद्वारा अवलोकन

Author Image
शुक्रवार, साउन ३०, २०७७

चारपाने । प्रदेश न. १ का मुख्य मन्त्री शेरधन राईले पूर्वको धार्मिक पर्यटकिय स्थल अर्जुनधारा जलेश्वर धामको अवलोकन गर्नु भएको छ ।

अर्जुनधारा नगरपालिकाको निमन्त्रणामा विहिबार अर्जुनधारा नगरका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सरिक बन्नु भएका राईले शुक्रबार अर्जुनधारा मन्दिर समितिको निमन्त्रणामा धामको अवलोकन गर्दै विगत र वर्तमानको बारेमा जानकारी लिनु भएको थियो ।

नेपाल सरकारले घोषणा गरेको देशका मुख्य एकसय धार्मिक पर्यटन स्थल मध्ययेको एक अर्जुनधारा जलेश्वरधालाई समय साक्षेप विकास गर्दै लानु पर्नेमा मुख्य मन्त्रीले जोड दिनुभएको छ । उहाँले धाम व्यवस्थापन समितिका पदाधिकारीहरु संग कुराकानी गर्ने क्रममा ‘स्थानिय स्तरबाट हुने काम गर्दै जानुहोस् प्रदेशबाट हुने कामको बारेमा म केही सुझाव सल्लाह सहित यसको विकासमा लाग्नेछु’ यस बर्ष कुनै न कुनै श्रोतबाट भए पनि केही आर्थिक सहयोग गर्ने आस्वसन दिनु भएको छ । गत बर्ष घेराबाराको लागि अर्जुनधारा जलेश्वरधामलाई सरकारको तर्फबाट ५० लाख विनियोजन भएको थियो । उक्त बजेटबाट हाल घेराबाराको काम सम्पन्न गरिएको छ ।

त्यसैगरी आजै अर्जुनधारामा संचालनमा आएको देशकै पहिलो आधुनिक, ठुलो कंक्रिट उद्योग विल्कन ईन्डष्ट्रिजको मुख्यमन्त्रीले अवलोकन गर्नु भएको छ । अवलोक पछि संचालकहरुसंगको संवादमा मुख्य मन्त्री राईले ‘अन्तराष्ट्रिय स्तरको उद्योग प्रदेश १ मा सुरुभएको थाहाँ पाए अत्यन्तै खुशी लाग्यो’, यस किसिमको उद्योग अवको समयको माग र आवसेकता हो, कार्यविधी बनाएर कानुनी रुपमा यस्तो उत्पादनलाई सरकारले प्रोसाहन गर्दै उत्पादित बस्तुलाई सरकारले प्रयोग गर्नुपर्ने सबै नगरपालिकाहरुले भित्रीबाटोहरुमा यो उद्योगको उत्पादन बस्तुले बाटो निर्माण गर्ने हो भने नगरको शुन्दरता बढेर जाने बताउनु भयो ।
मुख्यमनत्री राईले सरकार संग साझेदारीको योजना बनाउनु होस् ‘कुनै एक ठाउँमा नमुनाको रुपमा सडक निर्माण गरौं’ त्यो काम हेरेर आम नागरिक प्रति आर्कषण बढने सुझाव दिनु भएको थियो ।

उद्योग संचालक सदस्य नविन गट्टानीले गुणस्तरमा कुनै पनि सम्झौता हामि गर्दैनौं, बाटो निर्माणको काममा ५ बर्ष ग्यारेन्टी दिएका छौं, यसोहुँदा बर्षेनी कालोपत्रे बाटो मर्मत र निर्माण गर्ने खर्च सरकारको बचत हुन्छ र छिटो सबैतिर बाटो निर्माण गर्न सकिने मुख्य मन्त्री समक्ष सुझाव राख्नु भएको थियो ।
अर्का संचालक सदस्य भिमचन्द्र भट्टराईले उद्योगले प्राप्त गरेको विश्वष्नियताको प्रमाण पत्र र योजनाहरुको फायल  मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्नु भएको थियो ।

अवलोकनमा प्रदेश कृषि राज्यमन्त्री राम राना मगर, प्रदेश सांसद वृर्ख प्रधान, जिल्ला समन्वयन समिति झापाका सभापति सोम पोर्तेल, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन लगायतबाट अवलोकन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 413

प्रतिक्रिया (०)