Aamsanchar

अकबरे स्वादका लागि मात्र हैन, स्वास्थ्यका लागि झन उपयोगी

Author Image
शनिवार, साउन ३१, २०७७

पहाडी क्षेत्रमा पाहिने अकबरे खोर्सानी यतीवेला पाक्न सुरु भएको छ । विशेषगरि पूर्वी पहाड इलाम, पाचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, धनकुटा लगायतको जिल्लामा बढी मात्रमा उत्पादन हुनेगर्छ । इलामलाई ६ वटा अ बाट उचारणहुने कृषि उत्पादनको नामले परिचय दिईएको छ जसमा पर्ने अकबरे खोर्सानी पनि एक हो । पहाडीक्षेत्रमा बाटोको सुविधा फैलदै गए पछि अकबरे खोर्सानी तराईका बजारहरुमा सहजै उपलब्ध हुने गरेको छ । नुनपानीमा राखेर लामो समयसम्म खान योग्य बनाएर अचारको रुपमा पनि बिक्री हुदै आएको छ । अकबरेलाई ओखतीको रुपमा पनि लिईन्छ ।

अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदा

> खाना पचाउने काममा विशेष सहयोग पुर्‍याएको हुन्छ।
> माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ।
> नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ।
> कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्‍याउँछ।
> हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ।
> कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ।
>  डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।
> शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्‍याउँछ।
>  रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्‍याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ।
> ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ।
> पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्‍याउँछ।
> अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ।
> थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ।
>  यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्‍याउँछ।
> एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 844

प्रतिक्रिया (०)

सम्बन्धित खबर