Aamsanchar

भारतीय बजारमा अलैंचीको माग बढेसँगै निर्यातमा वृद्धी

Author Image
आइतवार, साउन ३२, २०७७

काँकरभिट्टा  । पूर्वी पहाडी जिल्लाको मुख्य  नगदेवालीको रुपमा रहेको अलैचीको माग भारतमा बढेसँगै गत आर्थिक वर्ष २०७६/०७७ म नेपालको पुर्वीनाका काँकरभिट्टा हुदै हुने कृषि तथा कृषिजन्य बस्तुको निर्यातमा समेत बृद्घि भएको छ । तर वितेका अघिल्ला दुई आर्थिक वर्षको तुुलनामा भने निर्यात व्यापार कम छ । निर्यात कम हुुनुमा नोवल कोरोेना भाइरस कोभिड १९ को संक्रमण र त्यसपछिका परिस्थिती नै मुख्य रहेको जानकारहरु बताउछन् ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा काँकरभिटटा नाका भएर ५ अर्व २६ करोड ४९ लाख रुपैयाँ मुल्य बराबरका कृषि तथा कृषिजन्य बस्तुको निर्यात भएको छ । जुन रकम अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनमा ४१ करोेड रुपैयाँले निर्यात बढेको हो । कार्यालय प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईले गत आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्व ८२ करोड २४ लाख रुपैयाँ मुल्य बराबरको ४ हजार ७ सय ७८ मेट्रिक टन अलैची भारत निर्यात भएको जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ३ अर्व ३० करोेड ७ हजार २ सय ३५ रुपैैयाँ मुल्य बराबरको ३ हजार ८ सय ५६ मेट्रिक टन अलैची भारत निर्यात भएको भएपनि आर्थिक वर्ष २०७४/०७५ मा निर्यात शुन्य रहेको कार्यालयकोे त्रिवर्षीय तथ्याङ्कले देखाएको छ । पुर्वीनाकाबाट हुने व्यपारमा निर्यात बढ्नुमा अलैचीले ठूलो योगदान दिएको कार्यालय प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत राईले दावी गर्नुभयो ।

पूर्वी पाहडी जिल्ला इलाम, ताप्लेजुङ्ग तथा पाचथर जिल्लामा उत्पादित अलैचीको माग भारतीय बजारमा भएपनि विराटनगर नाका भएर निर्यात हुने गरेको थियो । पछिल्लो समय काँकरभिट्टाबाट समेत निर्यात हुन थाले पनि आयातको तुलनामा निर्यात बढेको कार्यालयले जनाएको छ । यो नाका भएर विशेषगरी बन्दा भारत, जडीवुटी, भारत र बंगलादेश, मुसुरो दाल बंगलादेश, अदुवा भारत र बंगलादेश, चोकर राइसव्रान भारत र बंगलादेश, अम्रिसो भारत र बंगलादेश तथा ग्रीन टी अर्गयानिक रसिया र जर्मनी निर्यात हुने गरेको कार्यालयको अभिलेखले देखाएको छ । कार्यालयको त्रिवर्षीय तथ्याङ्कले अघिल्ला दुई आर्थिक वर्ष २०७४/०७५ तथा २०७५/०७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/०७७ मा बन्दाको निर्यातमा भने कमि आएको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा काँकरभिट्टा नाका भएर ३ करोड ६९ लाख १० हजार रुपैयाँ मुल्य बराबरको ३ हजार ६ सय ९१ मेट्रिक टन बन्दा भारत निर्यात भएको थियो । आर्थिक वर्ष २०७४/०७५ तथा २०७५/०७६ मा क्रमस ५ कररोड ८० लाख २४ हजार रुपैैयाँ मुल्य बराबरकोे ७ हजार २ सय ५८ मेट्रिक टन तथा ५ करोड २० लाख ६० हजार रुपैयाँ मुल्य बराबरको ७ हजार २ सय ५८ मेट्रिक टन बन्दा निर्यात भएको थियो । विश्वव्यापी महामारीका रुपमा रहेको नोवल कोेरोना भाइरस कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले घोेषणा गररेको बन्दाबन्दीका कारण नाका ठप्प भएपछि निर्यातमा कमि आएको कार्यालयले जनाएकोे छ ।

यसैगरी, बगंलादेशमा अत्याधिक माग रहेको नेपालमा उत्पादित मुुसुरोको दालको निर्यातमाा समेत कमि आएको छ । अघिल्ला दुई आर्थिक वर्ष २०७४/०७५ तथा २०७५/०७६ मा उल्लेखियरुपमा निर्यात भएको मुसुरो दाल कार्यालयको तथ्याङ्कअनुसार निर्यात कम हुदै गएको देखिएको हो । आर्थिक वर्ष २०७४/०७५ मा ९५ करोड ५४ लाख ४० हजार रुपैयाँ मुल्य बराबरको १० हजार ६ सय १६ मेट्रिक टन मुसरो दाल बंगलादेश निर्यात भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा निर्यात व्यापार बढेर १ अर्व ४१ करोड १२ रुपैयाँ तथा ११ हजार ५ सय ६८ मेट्रिक टन मा पुगेको मुसुरो दालको निर्यात गत गत आर्थिक वर्ष २०७६/०७७ मा भने ८३ करोड ३८ लाख ३८ हजार रुपैयाँ वा ६ हजार ६ सय ५१ मेट्रिक टनमा झर्यो ।

यसैगरी गत आर्थिक वर्ष २०७६/०७७ मा काँकरभिट्टा नाका भएर १३ करोड ३० लाख ४ हजार रुपैयाँको ५ हजार २ सय १४ मेट्रिक टन अदुवा भारत तथा बंगलादेश निर्यात भएको छ । आर्थिक वर्ष २०७४/०७५ तथा २०७५/०७६ मा यो नाका भएर अदुवा क्रमस ५६ करोड ८६ लाख २८ हजार रुपैयाँ मुुल्य बराबरकोे २४ हजार २ सय ६८ र २२ करोड २८ लाख ३५ हजार रुपैयाँ मुुल्य बराबरको ९ हजार ९९ सय ४८ मेट्रिक टन अदुवा भारत तथा बंगलादेश निर्यात भएको थियो । आर्थिक वर्ष २०७४÷/०७५ मा ४ करोड ८८ लाख ६९ हजार रुपैयाँ मुल्य बराबरको १ हजार ५ सय ९२ मेट्रिक टन निर्यात भएकोे चोकर राइसब्रान आर्थिक वर्ष २०७५÷०७६ मा ओरालोे लागेर ३ करोड ५ लाख ७० हजार रुपैयाँ १ हजार ६ सय ३५ मेट्रिक टनमा झरेको थियो । तर, गत आर्थिक वर्षमा भने यसको निर्यात बढेर ४ कररोड ४४ लाख ३६ हजार रुपैयाँ तथा १ हजार ५८ मेट्रिक टनमा उक्लिएको छ । परिमाण कम भएपनि मुल्य भने बढेको छ । चोकर र राइसब्र्रास भारत तथा बंगलादेश निर्यात हुने गरेको छ । तीनवटा आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ तथा २०७६/०७७ मा काँकरभिट्टा नाका भएर अम्रिसो क्रमस ४२ करोड २६ लाख ५६ हजार रुपैयाँ मुुल्य बराबरको १३ हजार २ सय ८ मेट्रिक टन, ३७ करोेड ४० लाख २ हजार रुपैयाँ वा ११ हजार १ सय ३१ मेट्रिक टन र ३४ करोेड २५ लाख ८६ हजार रुपैयाँको १० हजार १ सय ९६ मेट्रिक टन भारत तथा बंगलादेश निर्यात भएको छ । अघिल्ला दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अम्रिसोको निर्यात समेत सन्तोषकजनक नरहेको व्यवसायीहरुको भनाई छ ।

उता रसिया र जर्मनीमा विशेषगरी माग हुने ग्रीन टी अर्गयानिक चियाको समेत गत आर्थिक वर्षमा निर्यात कम छ । गत आर्थिक वर्ष २०७६/०७७ मा यो नाका भएर ५ करोड १६ लाख ६१ हजार रुपैयाँ मुल्य बराबरकोे १ सय ६६ मेट्रिक टन ग्रीन टी अर्गयानिक चिया निर्यात भएको छ । जुन अघिल्ला आर्थिक वर्षको तुलनामा निर्यात ज्यादैं न्यून हो । आर्थिक वर्ष २०७४/०७५ मा १० करोड १७ लाख १२ हजार रुपैयाँको ३ सय २६ मेट्रिक टन तथा २०७५/०७६ मा २ करोड ७० लाख ६ हजार रुपैयाँ वा ४६ मेट्रिक टन ग्रीन टी अर्गयानिक चिया रसिया र जर्मनी निर्यात भएको छ ।

आयातमा समेत बृद्घि

अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/०७७ मा कृषि तथा कृषिजन्य वस्तुको आयात समेत बढेको छ । गत आर्थिक वर्ष वर्ष २०७६/०७७ मा काँकरभिट्टा नाका भएर २ अर्व ९९ करोड ४ लाख रुपैयाँ मुल्य बराबरको कृषि तथा कृषिजन्य वस्तुको आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । जुन रकम अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा २७ करोेड रुपैयाँले बढि हो ।

काँकरभिट्टा नाका भएर खाद्यन्न धान, मकै, कोदो भारत, दलहन गेडा क्यानाडा, अष्ट्रेलिया, अर्जेनटिना, पपकर्न अर्जेनटिना, ताजा तरकारी, आलु, प्याज भारत, ताजा फलफूल भारत र चीन लसुन चीन, मरिच भियतनामबाट आयात हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर