Aamsanchar

झापाका चार पालिकामा लकडाउन

Author Image
आइतवार, साउन ३२, २०७७

झापा । समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि आजदेखि झापाको दमक नगरपालिकाले एक साता लामो लकडाउनको घोषणा गरेको छ ।

लकडाउनका कारण दमक पूर्णरुपमा ठप्प भएको छ । मानिसहरूको हिँड्डुलमा प्रतिबन्ध लगाएर जोखिम कम गर्न दबाब आइरहेका बेला नगरपालिकाले आजदेखि दमकमा एक साता लामो लकडाउन गरेको हो ।दुई दिन अघि दमकमा एकैसाथ छ जनामा संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको भन्दै सम्भावित जोखिम हुन नदिन लकडाउन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बिहानको समयमा दुई घण्टा दूध डेरी, आपतकालीन औषधिलगायतको आपूर्ति बाहेक सबै किसिमको सेवा बन्द गर्ने निर्णय गरेको थियो ।लकडाउन कार्यान्वयनको अनुगमनमा बिहानैदेखि सुरक्षा निकायको टोलीसहित सम्बन्धित सरकारी अधिकारीहरू निस्किसकेका छन् ।दमक चौक, हाइवे सेतुमारी मार्ग, फाल्गुनन्द चौक, चिया दोकानसहित बजार क्षेत्र बिहानैदेखि सुनसान प्रायः देखिएको छ ।

पूर्वपश्चिम राजमार्गमा भने आंशिक सवारीसाधनहरू फाटफूटरुपमा सञ्चालनमा छन् ।बजार क्षेत्रमा पसलहरू ठप्प छन् भने अत्यावश्यक सेवाका साधनहरू मात्रै चलिरहेका छन् ।दमक उद्योग वाणिज्य सङ्घ आफैले स्वास्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै तत्कालका लकडाउन गर्न सुझाव दिँदै पसल व्यवसाय बन्द गर्ने हिजो शनिवार नै निर्णय गरेको थियो ।दमकसहित झापाका मेचीनगर, बुद्ध शान्ति र कमल गाउँपालिका गरी चार वटा स्थानीय तहले समेत आ–आफ्ना ठाउँमा एक साता लामो लकडाउन गरेका छन् ।

लकडाउन गरिएका पालिकाहरु भित्र मुख्य राजमार्गमा सवारी साधनहरुलाई नरोकी सिधै आवतजावत गर्न छुट दिईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर