Aamsanchar

सहरेडागीमा नवनिर्मित भवन हस्तान्तरण

Author Image
बिहिवार, भदौ ४, २०७७

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकार सधै सकरात्मक रहेको नगर प्रमुख आचार्यको भनाई

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार सधैभरि दत्तचित्तका साथ अघि बढिरहेको बताउनुभएकोे छ । उहाँले यस कार्यका लागि नगरपालिका सधै सकरात्मक सोचका साथ सवैको साथ सहयोगको अपेक्षासहित अघि बढेको समेत प्रष्ट पार्नुभयो ।

विहीबार झापाको मेचीनगर— १२ स्थित सहरेडागीमा नवनिर्मित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका आसनबाट बोल्दैं नगरप्रमुख आचार्यले अब हरेक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा विकास गदैं विद्यार्थी र अभिभावकहरुलाई सामुदायिक विद्यालयमा आर्कषण गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय भवन नयाँ आर्कषक तथा निक्कैै सजिसजाउ र हेर्दा चिटिक्क भएर मात्र शैक्षिक सुधार नहुने भन्दैं विद्यालयको पठनपाठन तथा विद्यार्थीको नतिजामा समेत सुुधार गर्न जोड दिनुभयो ।

अब विद्यालय शैक्षिक गुणस्तरवृद्घि गर्न अघि बढ्नुपर्ने र यसका लागि स्थानीय सरकार सधैभरि विद्यालयको साथ सहयोगमा रहने नगरप्र्रमुख आचार्यले प्रतिवद्घता व्यक्त गर्नुभयोे । अब हरेक विद्यालय प्रविधिमैेत्री बन्नुपर्नेमा जोड दिदैं नगररप्रमुख आचार्यले हरेक अभिभावक र विद्यार्थीले निजी र सामुुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न आवश्यक रहेको औल्याउनुभयोे ।

गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक प्राविधिक तथा विद्यालय समुदायको सहभागितामा निर्र्माण भएको भवनकोे संरक्षण तथा संरचनाको रेखदेखमा विद्यालय परिवार सचेत हुनुपर्नेमा जोड दिदैं नगरप्रमुख आचार्यले अहिले दाताले हस्तान्तरण गरेका यी संंरचना कुनै पनि कारण वा अभावले अलपत्र, वेवारिसे भए दाताको लगानी वालुवामा पानी सरह हुने भएकाले त्यसतर्फ सवैले ध्यान दिनुपर्ने उहाँको भनाई थियोे ।

कार्यक्रमका विशिष्ट अतिथि नगर उपप्र्रमुुख मीना पोखरेल उप्रेतीले नगरका अन्य वडामा रहेका सामुदायिक विद्यालयले समेत यस्ता योजना हात पार्न सफल हुनुपर्ने बताउनुभयो । उहाँले यो विद्यालयलाई हरेक कुुराले नमूनाकारुपमा विकास गर्न र आफ्ना वडाका विद्यार्थी तथा अभिभावकहरुलार्ई सामुदायिक विद्यालयप्र्रतिको विश्वास बढाउन विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । आफ््नो नगरभित्र यस्ता संरचना निर्माण गरी नगरको शैक्षिक विकासका लागि गोर्खा वेल्फेयर ट्रष्ट नेपालले खेलेको भूमिकाकोे प्रशंसा गदैं नगर उपप्रमुख उप्रेतीले नगरवासीकैैतर्फबाट गोर्खा वेल्फेयर ट्रष्ट नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रकाश सापकोटाको सभापतित्वमा भएको हस्तान्तरण कार्यक्रममा गोर्खा वेल्फेयर ट्रष्ट नेपाल एरिया वेल्फेयर सेन्टर दमकका सिनियर एरिया वेल्फेयर अफिसर पुनेन्द्रप्रसाद लिम्बुले वेल्फेयरले आगामी दिनमा विद्यालयलाई प्रदान गर्ने भावी कार्यक्रमका वारेमा जानकारी गराउदैं प्रमुख अतिथि नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सापकोटालाई भवनको चावी तथा योजना पुस्तिका हस्तान्तरण गर्नुभयो ।

गोर्खा वेल्फेयर ट्रष्ट नेपालका योजना प्रतिनिधि मोहन शर्माले योजना प्रतिवेदन प्रस्तुत गर्नुभयो । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा विद्यालय समुदायको सहभागितामा झापाको मेचीनगर— १२ स्थित सहरेडागीमा रहेको सरस्वती माध्यमिक विद्यालयको नयाँ भवनको निर्माण कार्य सम्झौता २०७६ साल मंसिर ५ गतेदेखि शुरु भएर २०७७ साल साउन ३२ मा सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालकोतर्फबाट २ करोेड १७ लाख ३ हजार ३ सय ३७ रुपैयाँ तथा समुदायकोे जनसहभातिाबाट संकलन भएको २६ लाख ६७ हजार २ सय रुपैयाँ गरी कुल २ करोड ४३ लाख ७० हजार ५ सय ३७ रुपैयाँ नवनिर्मित भवनको लागत रहेको शर्माले बताउनुभयो । जनसहभातिाबाट संकलन भएको २६ लाख ६७ हजार २ सय रुपैयाँमध्ये मेचीनगर नगरपालिकाले २० लाख रुपैयाँ प्रदान गरेको छ ।

१०३ फिट ८ इञ्च लम्बाई, २३ फिट १ इञ्च चौडाई तथा २३ फिट ३ इञ्च उचाईका इटा सिमेन्टको गारोले बनेको, फलामको ट्रसमा रंगीन जस्तापाताको छानो, जिप्सनको फल्स सिलिङ्, काठको ढोका फलामे झ्याल जडित १६ कोठे २ तले भवन निर्माण भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले फोहोर जलाउने इन्सिनिरेटर, ६ कोठे शौेचालय भवनसहित फोहोर फोहोर जलाउने इन्सिनिरेटर, २ वटा २ कोठे विद्यालय भवन तथा चमेना गृह मर्मत, २ कोठे बालबिकास भवनको छानोे तथा पेटी मर्मत खानेपानी मोटर घर निर्माणसहित इटा र सिमेन्टको गारोेले बनेको कम्पाउण्ड वाल काडेतारसहित १ सय ६५ मिटरसमेत विद्यालय परिसरमा निर्माण गरेको योजना प्रतिनिधि शर्माले प्रस्तुत गरेको योजना प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा परियोजना निवेदक तथा आयोेजना ल्याउन सफल भूमिका निर्वाह गर्नुहुने शिक्षासेवी भक्त खेवाङ तथा योजना प्रतिनिधि मोेहन शर्मालाई कदर पत्र प्र्रदान गरियो । प्रमुख अतिथि नगरप्रमुख आचार्य, विशिष्ट अतिथि नगर उपप्र्रमुुख उप्रेती, गोर्खा वेल्फेयर ट्रष्ट नेपाल एरिया वेल्फेयर सेन्टर दमकका सिनियर एरिया वेल्फेयर अफिसर लिम्बुलगायतले कदर पत्र प्रदान गर्नुभएको थियो । यसैगरी, गोर्खा वेल्फेयर ट्रष्ट नेपाल र ए डब्लु सी दमकलाई सम्मान पत्र प्रदान गरिएको थियो । शिक्षासेवी भक्त खेवाङलगायतले बोल्नुभएकोे कार्यक्रम विद्यालयका सहायक प्रधानध्यापक युवराज काफ््लेले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा प्रधानध्यापक शुक्रराज घिमिरेले स्वागतसहित विद्यालयको शैक्षिक तथा विविध गतिविधिका बारेमा प्रकाश पार्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर