Aamsanchar

महात्मा गान्धीको चश्मा करोडौ रुपैयाँमा लिलामी

Author Image
शनिवार, भदौ ६, २०७७

काठमाडौँ । महात्मा गान्धीको चश्मालाई करोडौ रुपैयाँमा लिलामी गरिएको छ ।

महात्मा गान्धीले दक्षिण अफ्रीका जादा लगाएको सो चश्मालाई करिब ४ करोड ७ लाख नेपाली रुपैयाँमा लिलामी गरिएको बिबिसीले जनाएको छ । सो चश्मालाई एक अमेरिकीले टेलिफोन अक्सन मार्फत किनेको अक्सन गराएका एन्ड्रीयू स्टोवले बिबिसीलाई बताएका छन् ।

यो इष्ट ब्रिस्टल अक्सनको नयाँ किर्तिमान भएको उनले बताएका छन् । यो चश्मालाई करिब २५ लाख सम्ममा बिक्रि हुने अनुमान गरिएको भएपनि राम्रो रकममा बिक्री भएको बताइएको छ ।

यो चश्मा गान्धीले सन १९२० तिर दक्षिण अफिकाको भ्रमणमा लगाएको बताइएको छ । यो चश्मा राखेका एक बृद्ध व्यक्तिले यो रकम आफ्नो छोरीसँग बाड्ने बताइएको छ । ति बृद्धले उनलाई यो चश्मा उनलाई उनका अंकलले दक्षिण अफ्रीकामा काम गर्दा दिएको बताएका छन् ।

यो चश्मा अक्सनमा राखेको छैठौ मिनेटमा नै अमेरिकीले किनेका थिए ।

यो चश्मा लगभग ५० बर्षसम्म यतिकै दराजमा रहेको थियो । ति बृद्धले यो चश्मालाई यतिकै फाल्न खोजेका थिए तर अहिले यति ठुलो रकम पाएपछि उनको जीवन नै बदलिएको बताएका छन् ।

अक्सन कम्पनिको लेटर बक्समा एक खाममा शुक्रबार राति कसैले राखिदिएको र सोमबारसम्म सोहि लेटर बक्समा रहेको अक्सन कम्पनीले बताएको छ ।

कम्पनिले सो लेटर बक्स खोलेर चश्मा देखेपछि त्यसको मालिकलाई फोन गरेर यसको महत्व सम्झाएको बताएको छ । ति बृद्धलाई यसको महत्व सम्झाउदा उनलाई झन्डै हृदयघात भएको कम्पनिले जानकारी दिएको छ ।

अक्सन कम्पनिले यस चश्माको आधिकारिकताक बारेमा अनुसन्धान गरेपछि गान्धीकै चश्मा भएको प्रमाणित भएपछि अक्सन गरेको बताएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर