Aamsanchar

पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले परीक्षाबारे चाँडो निर्णय लिन दिए दबाब

Author Image
मङ्गलवार, भदौ ९, २०७७

बिराटनगर । कोरोनाको कहरमा परेर पठनपाठनसहित परीक्षा समेत प्रभावित बनेपछि विद्यार्थीहरुले विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन ।

कोरोना महामारीका कारण स्थगित परीक्षाबारे चाँडो निर्णय लिन पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले दबाब दिएका छन् । आज साङ्केतिक विरोध जनाउँदै उक्त ग्रुपले विश्वविद्यालयको मनोवल घटाउन नभएर परिक्षाको विषयमा चाँडो भन्दा चाडो निर्णय लिन दवाव दिन सामाजिक सञ्जाल मार्फत विभिन्न प्लेकार्ड बोकेर भिडियो सार्वजनिक गरेको छ।

पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले सामाजिक सञ्जालमा भ्वाइस अफ पियु नामक समूह बनाई नेपाल भरिका विद्यार्थीले ऐक्यबद्धता जनाउँदै मंगलबार साङ्केतिक विरोध उक्त समूहले विश्वविद्यालयको मनोबल घटाउन नभएर परीक्षाको विषयमा चाँडो निर्णय लिन दवाब दिन सामाजिक सञ्जाल मार्फत विभिन्न प्लेकार्ड बोकेर सार्वजनिक गरिएको विद्यार्थी तथा भ्वाइस अफ पियु कि एडमिन शनेहा सपकोटाले जानकारी दिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)