Aamsanchar

सिर्जनशीलता बढउन चिया सेवन

Author Image
शनिवार, भदौ १३, २०७७

चिया पारखीहरु चिया पिउने कुनै मौका खेर जान दिँदैनन् । गफ गर्न होस् या भेटघाट, चियाको लत लागेकाहरु बहाना खोजिरहेका हुन्छन् ।


चियाले कसरी ध्यान केन्द्रित गराउँछ ?

चियामा भएको कफिन र थियनाइनले सजगता बढाइराख्न सहयोग गर्छ । अध्ययनका अनुसार, एक कप चिया पिएपछि जोसुकैले फ्रेस महसुस गर्छ । मनोवैज्ञानिकको टिमले २३ वर्ष उमेर समूहका ५० विद्यार्थीमाथि गरेको अनुसन्धानमा २५ जनालाई कालो चिया र २५ जनालाई पानी पिउन दिएको थियो ।

उनीहरुले पानी पिउने विद्यार्थीको तुलनामा चिया पिउने विद्यार्थीको सिर्जनशीलता र सम्झने शक्तिमा वृद्धि भएको दाबी गरेका छन् ।

यसको मतलब जतिसक्दो धेरै चिया पिउनू भन्नेचाहिँ होइन । अध्ययनले कुनै पनि चिज ज्यादा प्रयोग गर्दा बेफाइदा हुने उल्लेख गरेको छ । र, यो चिया पिउनुमा पनि लागू हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1549

प्रतिक्रिया (०)

सम्बन्धित खबर