Aamsanchar

निगुरो यसकारण खान आवस्यक छ ! बालबालिका र गर्भवतीलाई बढी फाईदा

Author Image
शुक्रवार, भदौ १९, २०७७

वनजंगलमा सजिलै पाइने, निगुरो बनाउन सजिलो हुने, खादा स्वादिलो, स्वास्थ्यका लागि पोषिलो निगुरो र पूर्ण अर्ग्यानिक सब्जीमा पर्छ ।

खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ । गाउँघरमा त निगुरोले नै सागसब्जीको अभाव टार्न सकिन्छ । निगुरोलाई भुटेर खाए हुन्छ, आलुमा मिसाए पनि हुन्छ । आलु र निगुरोको ग्रेभी पनि स्वादिलो हुन्छ । यस्तै, निगुरोमा दही मिसाएर सेवन गर्दा पनि कम स्वादको हुँदैन । सर्वसुलभ उपलब्ध हुने निगुरो  सामान्य रुपमा सोच्ने हो भने पनि बर्षमा कति निगुरो बिक्री हुने गर्छ ? त्यसै खेरजाने निगुरो धेरैका लागि राम्रो आयआर्जको माध्ययम बनेको छ । कतिपयले जंगलबाट खोजेरै निगुरोको तरकारीले छाक टार्ने गर्छन् खर्चको बचत भईरहेको छ ।

निगुरो बनजंगलमा आफै पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।

निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो । निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । बनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन ।

निगुरो तरकारीको रुपमा प्रयोग गरिन्छ । नेपालीको सायदै यस्तो भान्सा होला, जहाँ निगुरो पाकेको छैन ।

निगुरोका फाइदा

निगुरो खानुका धेरै फाइदाहरु छन् । आफै बनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । बनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाई छ ।

निगुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निगुरो झनै बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । पोषणविदहरुले यसमा कोलेस्ट्रोल एवं बोसोजन्य पदार्थ नपाईने भएकाले कुनैपनि किसिमको हानी नहुने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2071

प्रतिक्रिया (०)

सम्बन्धित खबर