Aamsanchar

शाकाहरीहरूको लागि अति उत्तम भोजन, २५ प्रतिशत सम्म प्रोटिन

Author Image
शनिवार, भदौ २०, २०७७

सिस्नो अङ्ग्नेजीमा नेटल (Stinging nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्ल(Formic acid)ले पोल्ने (जलन) र हिस्टामाइन(Histamine)ले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।

यसमा हुने भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान ‘गउडा चीज'(Gouda) र यार्ग (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ।नेपालको पहाडी क्षेत्रमा जनसङ्ख्याको बृद्धि तथा अन्य झारहरूको असरले सिस्नो पहिले जस्तो जता ततै पाईदैन|

सिस्नोका फाइदा
सिस्नोमा फलाम (आइरन), पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् । तर, सहरका पाँचतारे होटेलहरूको मेनुमा भने सिस्नोको तरकारी भेटिन्छ । त्यस्तै, ठूला–ठूला सुपरमार्केटमा सिस्नोको धुलो सजिलै पाइन्छ । सिस्नो स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

औषधीय गुण सिस्नोमा प्रशस्त मात्रामा फलाम पाइने भएकाले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ ।
कपाल झर्ने समस्या र डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नो उपयोगी हुन्छ ।
पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्दछ । साथै, अपचको समस्या समाधान गर्छ । हाडजोर्नी दुख्ने वा बाथको समस्या भएका मानिसले सिस्नोको झोल खाएमा राहत मिल्छ । सिस्नो नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ ।
यसले डिएनए क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

उपयोग विधि

सिस्नो बहुउपयोगी वनस्पति हो । विदेशमा यसको अत्यधिक माग हुने भएकाले खेती गरेर निर्यात गर्नसमेत सकिन्छ । सिस्नो जति काट्यो त्यति नै पलाउने गर्छ । त्यसैले यसलाई उत्पादन गर्न सहज छ । सिस्नो विशुद्ध अर्गानिक उत्पादन हो । यसमा विषादीको कुनै डर हुँदैन ।
सिस्नोलाई राम्ररी पखालेपछि उमालेर तरकारी पकाउन सकिन्छ । यसको तरकारीमा नुन, खुर्सानी, लसुन, टिमुर आदि हाल्न सकिन्छ ।
सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने र तरकारी तथा सुपमा राखेर खान पनि सकिन्छ ।
सिस्नोलाई राम्ररी पकाएर भात तथा मकैको च्याख्लासँग मज्जाले खान सकिन्छ । आजभोलि सिस्नोको चिया खाने चलन पनि छ । ग्रिन टी जसरी नै सिस्नोको धुलो हालेर चिया बनाउन सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 616

प्रतिक्रिया (०)

सम्बन्धित खबर