Aamsanchar

समयमा आपूर्ति नहुँदा मलकाे अभाव

Author Image
आइतवार, भदौ २१, २०७७

सरकारलाई युरिया मल आपूर्ति गरिदिने ठेक्का लिएका कम्पनीले सो मल तोकिएको समयमा आपूर्ति नगर्दा मलको अभाव भएको छ ।

कृषि विकास मन्त्रालय अन्तर्गत रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले हालसम्म मल आपूर्ति गर्न सकेका छैनन् ।

पुस–माघमा ठेक्का हात पारेका ती दुई कम्पनीले भदौ २० गतेसम्म सम्पूर्ण मल आपूर्ति गरिसक्नुपर्ने थियो तर हालसम्म आपूर्ति गर्न नसकेको कृषि सामग्री कम्पनीले जनाएको छ । ती दुई कम्पनीले २५–२५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका थिए ।

यो सिजनमा कम्तीमा ५० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ र त्यति नै मात्रामा ती कम्पनीले समयमा आपूर्ति नगर्दा किसानले समस्या भोग्नुपरेको कृषि मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीले बताउनुभयो । कृषि सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले भदौ २० गतेसम्म मल आपूर्ति गर्ने सम्झौता थियो तर हालसम्म आपूर्ति हुने अवस्था छैन भन्दै अब आफूहरू कानुनी उपचारमा जाने बताउनुभयो ।

ती कम्पनीका बारेमा कानुनी परामर्श लिने काम भइरहेको र कानुन अनुसार कारबाही गर्ने उहाँले बताउनुभयो । सञ्चालक भण्डारीले मल हाहाकार हुनुको मुख्य कारण कोरोनाको महामारी नै भएको र दोस्रो कारण कम्पनीले समयमा आपूर्ति नगर्नु हो । चैतदेखि यता कोरोना महामारी सुरु भएको हो, त्यसअघि छ महिना कम्पनीले के गरे, अहिले आएर कोरोनाको बहाना बनाएर हुँदैन भन्नुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर