Aamsanchar

रातो लट्टे : परिचय तथा खेती–प्रविधि

Author Image
सोमवार, भदौ २२, २०७७

लट्टेबाली संसारमा पाइने विभिन्न पुराना बालीमध्ये एक हो । महाभारत हिमश्रृङ्खला र मध्य तथा दक्षिण अमेरिकी देशहरुमा परापूर्वकालदेखि नै लट्टेको खेती एवम् प्रयोग हुने गरेको पाइएकाले यो बाली अमेरिका र महाभारत क्षेत्रमा उत्पत्ति भएको मानिएको छ ।

रैथाने बाली भएकै कारणले नेपालका विभिन्न ठाउँमा यसलाई विभिन्न नामबाट चिन्ने गरिएको पाइन्छ । तराई तथा भित्री मधेसमा यसलाई ‘रामदाना’ भनिन्छ भने पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ उच्च पहाड र विशेष गरी कर्णाली क्षेत्रमा यसलाई ‘मार्से’ तथा सुदूर पश्चिमको बैतडी, दार्चुलातिर यसलाई ‘बेत’, ‘बेथे’ वा ‘चौलाई’ भन्ने गरिन्छ । परापूर्वकाल देखि नै खेती हुँदै आइरहेको लट्टे र मार्से परिवार अन्तर्गत पर्दछ । यस रातो लट्टेको वैज्ञानिक नाम Amaranthus cruentus L हो ।

माटोको उर्वरापन अनुसार मार्सेको बोट २ देखि ३ मि. सम्म अग्लो हुने गर्दछ । जुम्लामा मार्सेको विभिन्न प्रकारका प्रजातिहरुको खेती गरिने भए पनि धेरैजसो रातो मार्से, सेतो मार्से, रातो लडी मार्से र सेतो लडी मार्सेको खेती गर्ने गरिन्छ । यी मध्ये पनि उत्पादन तथा उपयोगिताको अधारमा रातो मार्से कृषकहरुले मन पराउने तथा लगाउने गरेको कृषकहरुको सामुहिक छलफलबाट जानकारीमा आएको छ । रातो फूल फुल्ने यस प्रजातिको मार्से कलिलो अवस्थामा हरियो हुने र परिपक्क हुँदै गएपछि पात तथा डाँठ रातो हुँदै जान्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1917

प्रतिक्रिया (०)

सम्बन्धित खबर