Aamsanchar

एउटा ‘ब्रा’ को मूल्य ३० करोड !

Author Image
मङ्गलवार, भदौ २३, २०७७

एजेन्सी । अहिलेसम्म तपाईले करोडौं रुपैंयाका घडी, जुत्ताको बारेमा सुन्नुभएको होला । तर भिक्टोरियाकी एक मोडल जस्मीन टुक्सले एक फेशन शो मा तीस लाख डरल (लगभग ३० करोड नेपाली रुपैयाँ) को ब्रा लगाएर र्‍याम्पमा हिडेकी थिइन् ।

चार बर्ष अघि फ्रान्समा आयोजना भएको फेशन शो मा उनले महंगो मूल्यको ब्रा लगाएर चर्चामा आएकी छन् । उनको सो ब्रा मा ९ हजार रत्न र हीरा जडित थियो । जुन अठार क्यारेट सुनद्वारा तयार पारिएको थियो । एडी ब्रागोले उक्त ब्रा डिजाइन गरेका थिए ।

उनले त्यो ब्रा लगाएर फोटोशुट पनि गरेकी थिइन् । जुन उनले आफ्नो इंटाग्राममा शेयर गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 326

प्रतिक्रिया (०)

सम्बन्धित खबर