Aamsanchar

श्री महेन्द्ररत्न नमूना माध्यमिकमा अनलाइन कक्षा सुरु

Author Image
बिहिवार, भदौ २५, २०७७

विर्तामोड । विर्तामोड नगरपालिका–३ स्थित श्री महेन्द्ररत्न नमूना माध्यमिक विद्यालयले सिकाईका विभिन्न वैकल्पिक प्रयोग गर्दै आएको छ।

कोभिड –१९ कोरोनाको कारण विद्यालय नियमित संचालन हुन नसकेपछि भदौ २२ गतेदेखी कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट सिकाई प्रक्रिया सुरु गरिएको विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेलले जानकारी दिए ।

इन्टरनेटको पहुँचमा भएका विद्यार्थीहरुलाई लक्षित गरि यो कार्यक्रम संचालन गरिएको छ। नेटको पहुँच नभएकाहरुलाई समेत अन्य उपयुक्त विधिहरुको खोजी भैइरहेको छ। केही समय अघि महेन्द्ररत्न माध्यमिक विद्यालयले विद्यार्थीको घरदैलोमा पुग्ने सचेतना जगाउने जस्ता कार्यमा विद्यालयका शिक्षकहरु लागिरहेको शिक्षक रविन शर्माले बताउ।

विर्तामोड नगरभरीमा रहेका सामुदायिक विद्यालयहरुले कुनै न कुनै रुपबाट बैकल्पिक सिकाईका माध्यमबाट विद्यालयका शिक्षकहरु लागिरहनु भएको शिक्षक महासंघ विर्तामोडका अध्यक्ष युवराज कट्टेलले जानकारी जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)