Aamsanchar

अपराध ढाकछोप गर्न पिडितको परिवारलाई सिध्याउने धम्कि

Author Image
आइतवार, भदौ २८, २०७७


इटहरी / सुनसरीको इटहरीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । इटहरी ५ पचरुखीमा डेरा गरेर बस्ने प्रतिक राई पक्राउ परेका हुन् । भोजपुर जिल्लाको षडानन्द नगरपालिका घर भएका राई इटहरी स्थित एक कलेजमा अध्यन्नरत छन् । गत मंगलबार १२ वर्षिया बालिकालाइ पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको बताइएको छ । घटनालाइ बाहिर ल्याए परिवार नै सिध्याने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन ।

बालिकालाइ केहि दिन यता निरास देखेपछि परिवारका सदस्यले ललाइ फकाइ गरेर सोध्दा घटना बाहिरिएको थियो । घटना बाहिरिएपछि पिडित परिवारले दिएको किटानीको आधारमा राईलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर