Aamsanchar

सरकारको ध्यान यि १७ बर्षिय युवाको काम तर्फ जान जरुरी छ !

Author Image
बुधवार, भदौ ३१, २०७७

तयारी मल प्याकेजिङ गर्दै उद्यमी शिबु भण्डारी ।

झापा । रासायानिक मलले मानव स्वास्थ्यमा पुर्याएको जडिलताको प्रत्यक्ष असर नेपालमा देखिन थालेको छ, क्यान्सर रोग त नेपालीको मौलिक रोग जस्तै भईसकेको छ । भारत लगायतका देशबाट आयात हुने विषाधि युक्त कृषि उत्पादन प्रयोग गरिनु क्यान्सर जस्ता रोग निम्तिनु मुख्य कारण हो भनेर विज्ञहरुले भनी रहेका छन ।

विदेशी भुमिमा ज्यान दाउमा राखेर घरपरिवार र गाउँघरको मायाँ र सम्झनामा रात दिन रुदै भक्कानिदै अर्काको देशमा काम गर्नु परेको पिडालाई सम्झेर स्वदेशमै कृषि उद्यम गरेर आर्थिक, पारिवारिक र सामाजिक रुपमा आफूलाई सक्षम र सवल बनाउन सायौं युवाहरु कृषि क्षेत्रमा समाहित बनेका छन् यसले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग मिल्ने निस्चित छ । तर उनिहरुपनि रासायानिक मल प्रयोग गर्न बाध्य बनिरहेका छन् यो अवस्था रहनु दुःखदायी कुरा हो ।

नेपाल प्राकृतिक रुपले विश्वमै उरर्भर भूमी रहेको भए पनि कृषि उत्पादनको ठुलो हिस्सा भारत र अन्य मुलुकको भर पर्नु पर्ने बाध्यता नेपालीमाझ रहेको छ । यो हुनुको मुख्य कारण कृषि क्षेत्रमा सरकारको प्रयाप्त ध्यान जान नसक्नु पनि हो । त्यसको असर धेरै मात्रमा विषाधि प्रयोग भएको तरकारी फलफूल नेपालीले सेवन गर्नु परेको छ । यो समस्यामा नेपाल सरकारको कमजोरी रहेको कृषक र विशेषज्ञहरुले औलाई रहेकाछन् । विगतका बर्षमा रासायनिक मलले बिग्रिएको माटोलाई सुधार गरेर अग्र्यानिक बनाउन सरकारले ठोस कदम चालेको छैन । अझ कौशी खेतीको लागि त सरकारले केही सोच्न भ्याएको छैन ।

यसै परिवेसमा नेपाली आम कृषकहरुको लागि रासायनिक मलको विकल्पको रुपमा रासायनिक मलभन्दा राम्रो उत्पादन दिने प्राङगारिक मल उत्पादन गरेर कृषि क्षेत्रको विकास र प्रर्वधनमा सहयोग पुर्याउने एक युवाको नाम कृषकहरुमाझ स्थापित बन्दै गएको छ ।
यतीवेला नेपालको मध्ये क्षेत्रमा रहेका १७ बर्षिय एक युवाले प्राङगारिक मल तयार पारेर कौसी खेतीगर्नेहरुको लागि मल आपूर्ती गर्ने काम गरिरहेका छन । रुपन्देही जिल्लाको सैनामैना नगरपालीका वडा नं ८ बाँसगढीका शिबु भण्डारीले फोहोर, झारपात र गोबरबाट मल बनाई कृषि व्यापारमा लागेका छन् । उनले बनाएको मल प्रति किलो ५० रुपैयामा धमाधम मल उनको घरेलु उद्योगबाट नै बिक्री हुन थालेको छ ।

शिबु सानै उमेरदेखि नयाँ र फरक काम गर्न रुचाउँथे । उनी नेपाल बाल क्लब संघको अध्यक्ष पनि हुन् । सानै उमेरदेखि सामाजिक र नमुना काममा शिबुको ध्यान जान्थ्यो । बाल क्लबाट उनले वातावरण सफाईका कामहरू पनि थुप्रै गरे । पछि उनलाई घरायसी फोहर, मिल्किएका पात र गोबरहरूलाई मल बनाउने बिचार आयो ।

उनले जिबी प्रांगारिक मल उत्पादन उद्योग दर्ता गरि मल बनाउने कामको सुरुवात गरे । उनले आफ्नो घर लगाएत थप ५० घरको जैविक फोहरहरू जम्मा गर्न थाले । पातपतिङ्गर खोजे । गोबर किने । यी सबै फोहरबाट मल बनाउन उनले चितवनबाट गडौला खरिद गरि लगे र गडौलाको साहयोगबाट गडौलाले मल उत्पादन गर्न थाले । भण्डारीले निमको पात, बनमारा, सुर्ती, दही लगायता बस्तु मिश्रण गरेर झोल पनि तयार पारेका छन । त्यो तरल मल कौसी खेती गर्नेहरुको लागि उपयोग रहने शिबु बताउछन् ।

शिबुले थालेको काम सजिलो छैन । कामै फोहर बटुल्न पर्ने तसर्थ उनका । तर शिबुमा प्रष्ट उद्देश्य छ तसर्थ उनले कामलाई निरन्तरता दिइरहेका छन् । हाल शिबुको काम हेर्न सैनामैना नगरपालिकाको स्थानीय सरकार शिबुको घरमै आउन थालेको छ । नगरपालिकाले गर्न सक्ने सहयोग गर्ने आश्वासन पनि दिन थालेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर