Aamsanchar

कोटीहोमको पीसीआर ल्याव बनाउने माइक्रो बायोलोजिस्ट साहलाई अभियानद्वारा सम्मान

Author Image
मङ्गलवार, असोज ६, २०७७

बिर्तामोड । झापाको कोटिहोममा संचलनमा आएको ल्याव निर्माणमा खटिएका अन्नपूर्ण न्युरो हस्पिटल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार साहलाई सम्मान गरिएको छ ।

एकका लागि एक अभियानले स्थापना गरेर हाल मेची अस्पतालाई हस्तान्तरण गरेको ल्याव प्रदेश १ मै उत्कृष्ठ बनेको हुन सक्ने ठहर गरिएको छ । उक्त ल्याव बनाउन पूर्ण जिम्मेवार बनेर २ महिना सम्म ल्यावकै काममा निरन्तर खटिएका साहले गरेको काम सम्मान योग्य रहेको भन्दै सामाजिक अभियन्ताहरुले साहलाई मंगलबार बिर्तामोडमा एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

मेडिकल माइक्रो बायोलोजिस्ट रहेका शाहले लकडाउनपछि देशभर सातवटा प्रयोगशाला स्थापनामा प्रमुख प्रविधिकका रुपमा काम गरेका छन् । अभियानद्वारा कनकाईको कोटिहोममा स्थापित प्रयोगशालाको उनले डिजाइन, उपकरण छनोट, उपकरण सेटिङ, जनशक्तिलाई तालिम प्रदान गरेका थिए ।
अभियानले साह र अन्नपूर्ण न्युरो हस्पिटललाई कदरपत्र प्रदान गरेको छ भने बिर्तामोड उद्योग वाणिज्य संघ, झापा गोल्डकप, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड र रोटरी क्लब अफ बिर्तामाडले मायाको चिनो प्रदान गरेका थिए ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सल्लाहकार नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य लोकराज ढकालले अभियान र शाहको काम अनुकरणीय रहेको बताए । सहसंयोजक विनोद बस्नेतले अभियानले कोरोना नियन्त्रणका लागि नागरिकस्तरबाट सुरु गरिएको अभियान सफल भएको बताए ।

सम्वाद समूहका तर्फबाट पत्रकार एकराज गिरीले सहजीकरण गरेको कार्यक्रममा संयोजक गिरीले एक करोड रुपैयाँको लागतमा स्थापित प्रयोगशाला जनताको स्वास्थ्यप्रति सचेत हुँदै सरकारलाई सहयोग पुर्याउन स्थापना गरिएको बताए । उनले केही दिनमै प्लाज्मा थेरापी बैंक पनि सञ्चालनमा ल्याइने जानकारी दिए ।

अभियानको ११ लाख रुपैयाँ सहयोगमा रेडक्रसले बिर्तामोडमा बैंक स्थापना गर्दैछ । त्यस्तै, परीक्षणको दायरा बढाउन पिसिआर प्रयोगशालाका लागि अभियानले थप एउटा बायो सेफ्टी क्याबिनेट जडान गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 426

प्रतिक्रिया (०)

सम्बन्धित खबर