Aamsanchar

‘विश्वभरि ७ करोड भन्दा बढि मानिसहरु सुस्तश्रवण छन्‘

Author Image
बुधवार, असोज ७, २०७७

समाचारको छेउमा, स्वास्थ मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरुमा छेउमा बसेर हातको ईशाराले संझाइरहेका सांकेतिक भाषा दोभाषेहरुलाई संझना गरौं, याद आयो नि रु यीनै सांकेतिक भाषा दोभाषेहरुले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरु समावेशी हुन्छन् र हामी लगायत सुस्तश्रवणहरुले पनि यी कुराहरु सहजै बुझ्न सक्नुहुन्छ । हरेक औपचारीक र अनौपचारीक भिडियो सामाग्रीहरु अनि सार्वजनिक भेला र अपडेट अनि सम्वोधनहरुलाई यसरी सांकेतिक भाषाका दोभाषेहरुको प्रयोगले र विज्ञताले सबैका लागि सहज र समावेशी बनाँउदछ ।

विश्वभरि ७२ मिलियन अर्थात ७ करोड भन्दा बढि मानिसहरु सुस्तश्रवण छन् र यिनीहरु मध्य ८० पतिशत भन्दा बढि मानिसहरु विकासोन्मुख देशहरुमा बस्दछन् । समग्रमा भन्दा यि मानिसहरुले ३०० भन्दा बढि प्रकारका सांकेतिक भाषाहरु प्रयोग गर्दछन ।

तिनै दोभाषेहरुको संकेतले समाचार बुझ्नलाई धेरैलाई सहयोग गर्दछ, आवाज नसुन्नेहरुका लागि आवाजको काम गर्दछ । हरेक वर्ष सेप्टेम्बर २३ तारिखकका दिन विश्व सांकेतिक भाषा दिवस मनाइन्छ, यस वर्षको सांकेतिक भाषा दिवसको परिवेश अलिक फरक छ ।

कोरोना र संक्रमण जोखिममा सारा विश्व आफूले पाउने जानकारीमा निर्भर छ अनि जानकारीका श्रोतहरु सबैका लागि मैत्रीपूर्ण नहुन सक्दछन्, यस वर्ष सांकेतिक भाषा दिवसको महत्व अनि परिवेश फरक छ । कोरोनापछिको विश्वमा यस दिवसले साकंतिक मात्र नभई अन्य शारीरीक दुर्वलतालाई पनि आवश्यक मैत्रीपूर्ण संरचनाको प्रविधी अनि माध्यमहरु मार्फतको सेवा, सुविधा र समाचारहरुको पैरवी गर्दछ ।

संयूक्त राष्ट्र संघको दिर्घकालिन लक्ष्यको सूचीमा सांकेतिक भाषाको प्रवर्धन र प्रयोगलाई पनि निकै महत्वका साथ राखिएको छ, सन् २०१८ मा प्रथम पटक यो दिन मनाइएको हो । कसैलाई पनि पछाडि नछाड्ने उदेश्यले सबैलाई एकैसाथ विकासको मूलधारमा उभ्याउन यस दिनको निकै ठूलो पैरवी हुने गर्दछ । विश्वका हरेक कुनाकन्दराका नेतृत्वले स्थानीय, राष्टय अनि क्षेत्रीय तवरमा सांकेतिक भाषाको प्रयोगलाई समावेश गर्न सकुन भन्ने संकल्पका साथ सन् २०२० को अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको परिकल्पना गरिएको हो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर