Aamsanchar

शिखर साकोसले मनायो १० औं स्थापना दिवस, आफ्नै भवनमा सर्ने तयारी

Author Image
बिहिवार, असोज २२, २०७७

चारपाने । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १० बर्ष पुरा गरेको छ ।

४४ जना शेयर सदस्यहरुले जनही १ हजार रुपैया जम्मा गरेर २०६७ साल असोज २२ गतेबाट औपचारिक कार्यलयको उद्घाटन गरि शुरुवात भएको यस सहकारीमा हाल ७ हजार १ सय ९२ जना शेयर सदस्य रहेको आज शिखर साकोसको कार्यलय बिर्तामोडमा आयोजित स्थापना दिवस समारोहमा बताईएको छ ।

स्थानिय युवाहरुको समुहले स्थानिय स्तरमा रोजगारीको सृजनागर्ने उदेश्यले संचालनमा आएको संस्थाले उदेश्य अनुरुप काम गदै आएको  संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।

विर्तामोडको कांकरभिट्टा रोडमा मुख्य कार्यलय रहेर राजगढ र गरामनीमा सेवा केन्द्र संचालनमा रहेको संस्थाले माईखोलापुर्वका सबै स्थानिय तहमा आफ्नो कार्यक्षेत्र बनाएको छ । ४ करोड ८० लाख ३९ हजार सात सय शेयर रकम, ५५ करोड १७ लाख बचत तथा ५३ करोड ४० लाख ऋण लगानी संस्थाले गरेको छ । हाल ३२ जना कर्मचारी कार्यरत रहेका छन् । एउटा कोठा बाट सुरुवात भएको संस्था १०औ स्थापनादिवस आईपुग्दा आफ्नै सुविधा युक्त भवन खरिद गर्न सक्षम भएको संस्थाका व्यवस्थापक लिलानाथ रेग्मीले बताए ।

मोवाईल बैङ्किग कारोवार गर्नेहरु मध्ये उपहार बिजेता शेयर सदस्य भगवती ढुंगेललाई मोवाईल प्रदान गर्दै संस्थाकी उपाध्यक्ष ऐश्वर्या पाण्डे ।

प्रगति पथमा लम्किदै गरेको शिखर साकोसले विर्तामोडको भद्रपुर रोडमा ४ तला सहितको भवन हालसालै खरिद गरेको बताईएको छ ।
सामाजिक क्षेत्रमापनिउल्लेख्य कार्य गदै आएको साकोस बिर्तामोडमा रहेका अन्य बैक वित्तिय संस्थाहरु भन्दा प्रविधी र सुविधाले युक्त रहेको संस्थाका सचिव हिमालय प्रसाईले बताए ।

संस्थाले स्थापनादिवसको अवसरमा यस्ता कार्यक्रम सार्वजनिक गरेको छ ।
१ साना उद्यमी हरुलाई ८ प्रतिशतमा कर्जा लगानी गरिने ।
२ सहकारी विभागको निर्देशन तथा स्थापनादिवसको अवसरमा आजबाट ११.९९ देखी १४.७५ प्रतिशत भन्दा बढिमा लगानी गरिने छैन् ।
३ सामाजिक उत्तरदायित्व अन्र्तगत शनिश्चरे स्थित अपाङ्गबाल सरोकार केन्द्रमा खाद्यन्न वितरण उपाध्यक्ष ऐश्वर्या पाण्डे बाट गरिने ।
४ चाडपर्व नजिकिए संगै भिडभाड बढने हुदा बजार प्रतिनीधिहरुलाई सुरक्षित र सचेतना सम्वन्धी ज्ञान इलाकाप्रहरी कार्यलय संगको संयुक्त आयोजनामा गरिने छ ।
५ कोरोना दिनप्रतिदिन बढे संगै सदस्यहरुलाई कोभिड १९ सचेतना कार्यक्रम निरन्तर गरिने छ ।
६ सदस्यहरुलाई सहकारी शिक्षा र डिजिटल शिक्षाको जानकारी निरन्तर गराईने छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर