Aamsanchar

अतिसबाजीसहित दई पक्राउ

Author Image
शुक्रवार, असोज २३, २०७७

सुनसरी।  ईटहरी–५ स्थित राजमार्ग एरियाबाट दई जना अतिसबाजी (पटका)सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बिहान९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको थियो । नियन्त्रण संगै बोरा तथा कार्टुन खोलेर हेर्दा SRIVIJAI-COBRA-६७  बण्डल पटका फेला पारी बरामद गरिएको हो । यसरी पटका सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर