Aamsanchar

अर्जेन्टिना पाराग्वेसँग पराजित

Author Image
शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं – दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना पाराग्वेसँग पराजित भएको छ।

गएराति भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग २–१ गोलले पराजित भएको हो। खेलको ११ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। तर, टोलीले त्यसलाई जोगाउन सकेन। पाराग्वेका लागि १९औं मिनेटमा एन्टोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै खेलको निर्णायक बन्यो।

हारका बाबजुद अर्जेन्टिना अंक तालिकाको शीर्ष स्थानमा छ। अर्जेनिटनाको २२ अंक छ। पाराग्वेको १६ अंकसहित छैटौं स्थानमा छ।

अर्को खेलमा ब्राजिलले भेनेजुएलासँग १– १ को बराबरी खेलेको छ। घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए। खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

सेगोभियाले ४६ औं मिनेटमा गोल गर्दै भेनेजुएलाले बराबरीमा पुर्याए। बराबरीसँगै ११ खेलबाट १७ अंक जोडेको ब्राजिल १० टोलीको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। भेनेजुयला समान खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर