Aamsanchar

विचित्रको अल्छे जीव , जस्ले रुखमा उल्टो झुण्डिएर पूरै जीवन बिताउ छ

Author Image
शुक्रवार, असोज २३, २०७७

अंग्रेजी भाषामा एउटा शब्द छ– स्लथ (Sloth) स्लथको अर्थ हुन्छ– सुस्त । यो शब्द अल्छे तथा सुस्त व्यक्तिलाई सम्बोधन गर्नको लागि प्रयोग गर्ने गरिन्छ । मध्य तथा दक्षिण अमेरिकाको घना जंगलमा एउटा विचित्रको जीव पाइन्छ । त्यसको नाम पनि स्लथ नै हो । रमाइलो त के छ भने, अंग्रेजी भाषाको स्लथको अर्थ अल्छे वा सुस्त भन्ने अर्थ ठ्याक्कै यो जीवसँग मिल्न जान्छ । किनभने, यो जीवको आनीबानी र पूरै जीवन प्रक्रिया नै पनि अत्यन्तै सुस्त हुन्छ ।

सामान्यतस् रुखमा झुण्डिएर बस्ने यो जीव हप्ता दशदिनमा पानी खान मात्र जमीनमा आउँछ । जमीनमा आएको बेला यो आफ्नो ढाडको आडमा अति मुश्किलका साथ बस्छ वा अति कष्टपूर्वक अत्यन्तै विस्तारै हिँड्छ । अन्यथा, यसले आफ्नो पूरै जीवन नै रुखमा उल्टो झुण्डेरै बिताउँछ । रुखमा एक स्थानबाट अर्को स्थानमा सर्दा पनि यो जीव उल्टो झुण्डरै अति सुस्त गतिमा चल्छ । यो कतिसम्म सुस्त हुन्छ भने, रुखमा स्थान सर्दा पनि यसले एक मिनेटमा मुश्किलैले ४, ५ फिटको दुरी पार गर्न सक्छ । त्यसैले यो जीव जमीनमा अति कठिनाईपूर्वक हिँड्छ ।

यो जीवको गति मात्र हैन, प्रत्येक गतिविधि तथा शारीरिक प्रक्रियाहरु नै पनि अत्यन्तै सुस्त हुन्छ । यसका नाडीको गति मांसपेशीहरुको गति तथा मानसिक परिवर्तन लगायतका सम्पूर्ण क्रियाहरु अत्यन्तै सुस्त हुन्छ । यसको शारीरिक प्रक्रियाहरु कक्तिसम्म सुस्त हुन्छ भन्ने कुराको एउटा उदाहरण त, यसको खाना पच्ने समयबाटै पनि अनुमान गर्न सकिन्छ । हामी मान्छेले खाएको खाना पच्न ५,६ घण्टाको समय लाग्छ । तर स्थलले खाएको खानेकुरा पच्न ६–७ हप्तासम्म लाग्छ ।

स्लथ स्तनपायी जीव हो । यसको अगाडि दुई वटा र पछाडि दुई वटा गरी जम्मा चारवटा खुट्टटा हुन्छन् र प्रत्येक खुट्टामा दुई वा तीन वटा औंलाहरु हुन्छन् । तिनै औलाहरुको मद्दतले स्लथले रुखको हाँगाविंगाहरुलाई बलियोसँग समातेर उल्टो झुण्डिन्छ । स्लथ सामान्यतस् १६ देखि २९ इन्चसम्मको हुन्छ । यसको चौडा तर छोटो टाउकोमा दुईवटा ठुला आँखा, थेप्चो नाक र राम्ररी विकसित नभएको छोटो कान हुन्छ । यसको पुरै शरीर खरानी–खैरो रंग भएको छोटो रौंले ढाकिएको हुन्छ । यसको रौं पछाडिपट्टि फर्केर गएको हुनाले त्यसबाट सजिलै पानी तर्कन्छ । यसको पुच्छर पनि सानो नै हुन्छ ।

सामान्यतः स्लथ लामो आयु भएको जीव मानिन्छ । यसको औसत आयु १० वर्ष जति मानिन्छ । आफ्नो पूरै जीवन रुखमा नै उल्टो झुण्डिएर बिताउने भएकोले होला, यसको हात लामो हुन्छ र राम्ररी विकसित भएको हुन्छ । यसको अगाडिको खुट्टाको औंलाहरुभन्दा राम्ररी विकसित भएका तथा लचिला हुन्छन् । स्लथ दिउँसको समयमा सुत्छ र सुत्दाखेरि लयाउँछ र अगाडिको दुई खुट्टाको बीचमा आफ्नो लुकाउँछ । स्लथको प्रमुख दुश्मन चितुवा र हर्पी नाम गरेको बाज हो । तर कतिपय स्लथको शरीरमा हरियो लेउ लागेको हुन्छ, जसले गर्दा यसको रंग र रुखको पातको रंग समान देखिने हुनाले शत्रुबाट बच्न यसलाई सजिलो हुन्छ । त्यसबाहेक, स्थानीय आदिवासीहरुले पनि यसको शिकार गर्ने गर्छन् ।

यो जनावर सामान्यतः अति नै शान्त जनावर हो । यसले कराएको वा आवाज निकालेको विरलै सुनिन्छ । तर कहिलेकाही यसले अति नै मधुृरो आवाज निकाल्छ । प्रत्येक वर्ष स्लथले एउटा बच्चा जन्माउच्छ । यसको बच्चा नहुर्किन्जेल आमाकै शरीरमा टाँसिएर बस्छ । वैज्ञानिकहरुका अनुसार, प्राचीनकालमा स्लथ जमीनमा पनि बस्थ्यो । आजभन्दा १० हजार वर्ष पहिले पश्चिमी गोलार्द्धको जमीनमा पाइने त्यस्ता स्लथहरु हात्ती जत्रा हुन्थे ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर