Aamsanchar

नेतृत्व तथा ब्यक्तित्व बिकास तालिम शुरु

Author Image
आइतवार, असोज २५, २०७७

बिर्तामोड– वडा युवा परिषद अर्जुनधारा १० को आयोजनामा आजबाट वडाको चुथाइमा नेतृत्व तथा ब्यक्तित्वबिकास तालिम शुरु भएको छ ।  वडाको आर्थिक सहयोग तथा परिषदको समन्वयमा सुरु भएको तालिम ७ दिन सम्म चल्ने परिषदका अध्यक्ष केशब सन्जेलले जानकारी दिए ।  स्थानिय करिब ४० जनाको सहभागिता रहने उनले जानकारी दिए । कार्यक्रम स्थानिय पन्चकन्या धाम सेवा समाजको भवनमा संचालन हुनेछ ।

यस्ता खाल्का तालिमले युबाहरुलाइ एकीकृत गर्नुका साथै बिकासमा युवाहरुको भुमिका उच्च बनाउने वडा नम्बर १० का अध्यक्ष बलदेब गोम्देन तामाङ ले जानकारी दिए । उनले यस्ता तालिमहरु आगामी दिनमा पनि प्रदान गरिरहने बताएका छन ।  तालिमको सहजिकरण स्थानिय संचारकर्मी तथा आँगन एफ एम का कार्यक्रम प्रस्तोता हरिकृष्ण भन्डारिले गर्ने छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)