Aamsanchar

इन्डियन प्रिमियर लिगमा आज बैंगलोरले कोलकातासँग प्रतिस्पर्धा गर्दै

Author Image
सोमवार, असोज २६, २०७७

काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत आज (सोमबार) रोयल्स च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै छ । सेख ज्यायद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछन् ।

लिगमा ६ खेल खेलेको बैंगलोर ८ अंकसहित तालिकाको चौथो स्थानमा छ । समान खेल खेलेको कोलकाता तालिकाको तेस्रो स्थानमा छ । लिगमा यो सिजन उपाधि दाबेदार मानिएका दुवै टोली पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले यो सिजन आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यता दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाताले पनि यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)