Aamsanchar

इन्डियन प्रिमियर लिगमा आज कस्को पल्ला भारी ?

Author Image
मङ्गलवार, असोज २७, २०७७

काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)टी–ट्‍वान्टी क्रिकेटअन्तर्गत आज ९मंगलबार० सनराइजर्स हैदरावादले चेन्‍नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दै छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै हैदरावाद लिगमा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा ७ खेल खेलेको हैदरावाद तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ । हैदरावाद तालिकाको पाँचौं स्थानमा छ । यो सिजन लिगको उपाधि जित्‍ने योजनामा रहेको हैदरावाद पछिल्लो तीन खेलमा दुई खेलमा पराजित छ भने एक खेलमा जित निकालेको छ । डेबिड वार्नरको कप्तानीमा रहेको हैदरावादलाई आजको खेलमा सहज जितको अपेक्षा हुनेछ । किनभने लिगमा आफूलाई बलियो बनाई राख्‍न हैदरावादलाई आजको खेलमा जित आवश्यक छ ।

यता साबिक विजेता चेन्‍नईलाई आजको खेलमा जित निकाल्नैपर्नै दबाब छ । चेन्‍नई लिगमा ७ खेल खेल्दै ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ । चेन्‍नईलाई अघिल्लो चरण प्रवेशका लागि सम्भावना जोगाइ राख्‍न आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्‍नई आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । चेन्‍नईलाई हैदरावादविद्ध जित निकाल्न सहज भने छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर